चीन भ्रमण छोट्याएर फर्किए स्वर्णिमसहित रास्वपाका नेताहरू « Khabarhub

चीन भ्रमण छोट्याएर फर्किए स्वर्णिमसहित रास्वपाका नेताहरू


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू बिहीबार स्वदेश फर्किएका छन् ।

उपसभापति एवम प्रतिनिधिसभाका सांसद डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली बिहीबार दिउँसो स्वदेश फर्किएको हो ।

गोर्खा मिडियाका तत्कालीन निर्देशक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि अध्यक्ष रवि लामिछानेलाई पनि सरकारले पक्राउ तयारी गरेपछि उनीहरू बीचमै फर्किने योजना थियो ।

तर ५ असोजमा चीनतिर गएका उनीहरू सरकारविरुद्ध आक्रोशित मुद्रासहित भ्रमण सकेर फर्किएका हुन् ।

चीन गएका १४ जनामध्ये ८ जना बिहीबार स्वदेश फर्किँदा ६ जना भने शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् ।

सभापतिको पक्राउबारे सूचना आइरहँदा उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रास्वपाका १४ जना अघिल्लो शनिबार चीन पुगेका थिए ।

वाग्लेको नेतृत्वमा रहेको १४ सदस्यीय टोली शनिबार मध्यराति पौने १२ बजे चाइना साउदर्न एयरलाइन्सको उडान नम्बर सीजेड ३०६८ मा ग्वाङ्चौ गएको थियो ।

चीन जानेहरूमा पार्टी प्रवक्ता मनिष झा, पार्टीकी कोषाध्यक्ष लीमा अधिकारी, सांसद शिशिर, खनाल, गणेश पराजुली, अशीम शाह, शिव नेपाली, डा. तोसिमा कार्की थिए ।

त्यसैगरी केन्द्रीय सदस्यहरू बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ पनि चीन यात्रामा गएका थिए ।

उपसभापति वाग्ले लामिछानेका भरोसायोग्य नेता हुन् । उनी नहुँदा यहाँ रविलाई संकट परेको थियो । मनिस झा पार्टी प्रवक्ता भएकाले उनको भूमिका महत्त्वपूर्ण थियो ।

यस्तै सहकारी प्रकरणमा छानबिन समिति सदस्य शिशिर खनाल पनि चीन गएकाले रास्वपालाई सकस परेको थियो । तर अब रविको पक्राउ पनि तत्काल टरेको छ भने चीन गएका नेता पनि फर्किएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : ३८ बजे

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा