सप्तकोशी नदीमा खस्यो यात्रुबाहक बस « Khabarhub

सप्तकोशी नदीमा खस्यो यात्रुबाहक बस


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

विराटनगरसप्तकोशी नदीमा यात्रुबाहक बस  खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो। 

प्रत्यक्षदर्शी उमेश मेहताले  विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस नदीमा खसेको बताए ।

कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप विवरण प्राप्त हुन सकेको छैन । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पनि नदीमा बस खसेको जानकारी आएको बताएका छन्। उनले यात्रुसहित बस सप्तकोशी नदीमा खसेको जानकारी दिए ।

‘बस खस्यो भन्ने जानकारी आएको छ । हामी घटनास्थलतर्फ जाँदै छौं । थप केही खुलेको छैन,’ तिवारीले भने ।

 बसमा सवार यात्रु मध्ये १२ जनाको कुशल उद्धार गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालका अनुसार बसमा कति यात्रु थिए भन्ने यकिन भने भएको छैन। विराटनगरबाट गाईघाट जाँदै गरेको बस सप्तकोशीको हनुमाननगर तर्फको कोशी नदीमा खसेको थियो।

 घटनास्थलमा नेपाल प्रहरी र शस्त्र प्रहरीसहित स्थानीय यात्रुको उद्धार कार्यमा जुटेको प्रहरी उपरीक्षक दाहालले बताए।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ६ : ४२ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान