हेलेन आँधीको जोखिममा फ्लोरिडा « Khabarhub

हेलेन आँधीको जोखिममा फ्लोरिडा


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

फ्लोरिडा – अमेरिकाको फ्लोरिडा राज्य अहिले हेलेन नामको आँधीको जोखिममा छ। चार क्याटोगोरीको यो आँधी अहिले उत्तरी फ्लोरिडातर्फ लम्किरहेको छ।

मेक्सिको खाडीबाट आउने यो आँधी अत्यन्त शक्तिशाली हो। यसले फ्लोरिडा, वासिङ्टन डिसी र इन्डियानामा समेत प्रभाव पार्न सक्नेछ।

फ्लोरिडामा यो जमिनबाट २० फिट माथिसम्म उठ्न सक्ने छ। हेलेनले अहिलेसम्म विद्यालय र पसल बन्द गराइसकेका छन्। यसले ऊर्जा संकटसमेत ल्याउन सक्ने छन्। धेरै पावर लाइन बन्द पनि हुनसक्ने छ।

जर्जियामा अहिले हेलेनको उपस्थिति देखिएमा सबैलाई ढोका बलियोसँग लगाएर बस्न भनिएको छ। फ्लोरिडामा प्रशासनले सबैलाई घरमा सुरक्षित भएर बस्न भनिसकेको छ।

बिहीबार नै धेरै पसलहरू र औद्योगिक क्षेत्रमा बिजुली बत्ती बिना नै काम भएको थियो। ग्राहकले आफूले सामान लेनदेन पनि गरेका थिए। केही क्षेत्रमा अहिले ठुलो वर्षाको जोखिम समेत जनाइएको छ। यो जोखिम फ्लोरिडामा नै धेरै हो। अहिले नै फ्लोरिडामा दुई लाख ९१ हजार ५३३ जना बिजुली बिना अँध्यारोमा बसेका छन्।

विज्ञले सो आँधीको गति १८० किलोमिटर प्रतिघन्टसम्म हुन सक्ने चेतावनी दिएका छन्। अहिले त्यहाँको मौसम विभागले धेरै स्थानमा प्रभाव पार्न सक्ने चेतावनी दिइसकेको छ। फ्लोरिडाबाट टिनेजमा जाने बाटोमा नै यो समस्या आउन सक्ने छ। अहिले हेलेन आइपुग्नु अगावै फ्लोरिडामा वर्षाले त्यहाँको जनजीवनमा समस्या देखिएको छ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ९ : १६ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ