वकिलहरूको विरोध र विवादबीच न्यायाधीश नियुक्ति गर्न न्याय परिषद् बैठक | Khabarhub Khabarhub

वकिलहरूको विरोध र विवादबीच न्यायाधीश नियुक्ति गर्न न्याय परिषद् बैठक


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सेवानिवृत हुन एकसाता मात्रै बाँकी छ। तर उनकै जोडबलमा न्यायाधीश नियुक्तिका लागि न्यायपरिषद् बैठक बसिरहेको छ।

रामशाहपथस्थित परिषद् सचिवालयमा बिहान १० बजेदेखि बैठक जारी छ। न्याय परिषदको सचिवालयमा बसिरहेको बैठकले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी गरेपछि विवाद तीव्र बनेको छ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतकै कर्मचारीले जानेबेला न्यायाधीस नियुक्ति नगर्न चेतावनी दिइरहेका छन्।

प्रधानन्याधीश श्रेष्ठले सर्वोच्च अदालतमा ६ र उच्च अदालतमा १७ जना न्यायाधीश नियुक्त गर्ने तयारी गरे पनि अन्य सदस्यको विवादका कारण थोरैमात्र न्यायाधीश नियुक्ति हुनसक्ने स्रोतले जानकारी दिएको छ।

बैठकमा सहभागी एक सदस्यका अनुसार कानुनमन्त्री अजय चौरासिया, सरकारका प्रतिनिधि रामप्रसाद भण्डारी र बारका प्रतिनिधि रामप्रसाद श्रेष्ठले सर्वोच्चमा २ जना मात्र न्यायाधीश नियुक्ति गर्न र अन्य नयाँ प्रधानन्यायाधीशको पालामा  टुंग्याउन सुझाव दिएका छन्।

प्रधानन्यायाधीश श्रेष्ठ असोज २० मा अवकाशमा जाँदैछन् । असोज १७ बाट दसैँ बिदाका कारण अदालत बन्द हुन लागेकाले श्रेष्ठले दीर्घकालीन निर्णय गर्न नहुने अन्य सदस्यहरूको मत छ।

न्यायाधीश नियुक्तिको विरोधमा रहेको नेपाल बार एसोसिएसनले न्याय परिषद् घेराउ गरेर आन्दोलित भएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ४४ बजे

दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पूर्व सहसचिव कार्की पक्राउ

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल ट्रस्टको नाममा दर्ता

कांग्रेस बैठक : पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमको

व्यवसाय सुरक्षाका कार्यक्रम तत्काल पारित गर्न सरकारलाई निजी क्षेत्रको आग्रह

काठमाडौं– निजी क्षेत्रले व्यवसाय सुरक्षाका लागि विशेष पहल गर्न आग्रह

‘नेताहरू खराब र भ्रष्ट भए भनेर मात्रै हुँदैन, चुनावबाट बिदा गर्न सक्नुपर्छ’ 

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीले नेपालमा भएको जेन–जी

गुठीचौरद्वारा एक वर्षमा ३३ लाख राजस्व संकलन

जुम्ला– जुम्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा रु ३३ लाख