आज २०८१ साल असोज १२ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल असोज १२ गते शनिबारको राशिफल


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०८१ साल असोज १२ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर २८ तारिख। असोज कृष्ण पक्षको एकादशी तिथि। एकादशी श्राद्ध। इन्दिरा एकादशी व्रत। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : आज तपाईंलाई न्याय मिल्ने योग छ। सप्तम भावको स्वामी तपाईंको राशिमा भएकाले धन प्राप्त हुनेछ। ठुला योजनामा भने हात नलगाउनु राम्रो हुनेछ। अप्रिय समाचारले दुःखी बनाउनेछ।

वृष : मुल त्रिकोणमा मित्रग्रह रहेकाले शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। अध्ययन र अध्यापनमा जाँगर बढ्नेछ। तपाईंको बोलीको प्रभाव रहनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : धन आर्जन गर्ने दिन छ। माया मार्न लागेको धन हात लाग्नेछ। धनको पछाडि लाग्दा संस्कार गुम्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध शान्त बन्नेछ।

कर्कट : चन्द्रमा उच्च भएकाले साथीको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। मायाका पछाडि लाग्दा इज्जत गुम्ने खतरा छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

सिंह : आफ्नै बोलीका कारण व्यवहारमा अप्ठेरो पर्नेछ। व्यापारमा घाटा हुने दिन छ। आफन्तसँग व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा आम्दानीको राम्रो अवसर प्राप्त हुनेछ। सरकारी भन्दा निजी क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ।

कन्या : भूमि सम्बन्धी कारोबारबाट फाइदा हुनेछ। राजनीतिक संगठनको बलमा ठुलाठुला काम बन्नेछन्। धार्मिक व्यक्तिसँगको भेटले परिवारमा खुशी मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : गुम्न लागेको धन हात लाग्नेछ। कला र गलाको क्षेत्रमा प्रगति हुनेछ। आफूभन्दा ठुलाको सुझावमा अगाडि बढेमा सफलता मिल्नेछ। तपाईंको प्रतिभाको सम्मान हुने योग छ। परिवारको तर्फबाट माया मिल्नेछ।

वृश्चिक : मन शान्त बन्नेछ। घर व्यवहार उत्साहजनक रहने योग छ। आफन्तको सहयोग प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा मौसमी रोगको जोखिम रहेकाले खानु अगाडि सचेत बन्नु राम्रो हुनेछ।

धनु : स्वदेशमा गरेको लगानीबाट उत्साह मिल्नेछ। स्वास्थ्य र निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक संगठनको आडमा राम्रो काम बन्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

मकर : अनुत्पादक क्षेत्रमा लगानी हुनेछ। सानो कुराले सताउने जोखिम छ। शिक्षा र अध्यापनको क्षेत्रमा जाँगर बढ्नेछ। कृषि क्षेत्रमा गरेको लागनीबाट फाइदा हुनेछ।

कुम्भ : मध्यसाढेसाती दशाको सामना गर्नुपर्ने भएकाले हरेक ठाउँमा बाधा हुनेछ। तपाईंले विश्वास गरेको साथीले धोका दिनेछन्। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा सहज बन्नेछ। परिवारसँग मेलमिलाप हुनेछ।

मीन : तपाईंको आजको दैनिकी सहज छ। साथीले सहयोग गर्नेछन्। अधिकारका लागि लडाइँ लड्नुपर्ने भएकाले संयम बन्नुपर्नेछ। परिवारमा अभिभावकको साथ र सहयोग आवश्यक देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ६ : २२ बजे

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२

लुम्बिनी प्रदेशसभा बैठक : समसामयिक विषयमा छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठकमा सङ्घीय र प्रदेश सरकारसँग सरोकार राख्ने