भक्तपुरमा पहिरोले पुरिएर तीन जनाको मृत्यु « Khabarhub

भक्तपुरमा पहिरोले पुरिएर तीन जनाको मृत्यु


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षापछिको पहिरोले पुरिँदा भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे १० बजे गएको पहिरोले पुरिँदा सूर्यविनायक नगरपालिका–९ पलासेमा बस्दै आएका कालिकोटका एक गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको हो । 

पलासेमा जग्गा भाडामा लिई टहरो बनाएर बस्दै आएका तीन जनाको पहिरोमा परी मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार पहिरोमा परी २४ वर्षीया गर्भवती दमिला शाही उनकी चार वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाहीको मृत्यु भएको हो । 

पहिरो गएको स्थानमा पुगेर सशस्त्र प्रहरी बलको नम्बर २२ गणमातहतको भक्तपुरस्थित सुरक्षा बेश ब्यासीका सशस्त्र प्रहरी निरीक्षक भुपालबिक्रम शाहको कमान्डमा गएको टोली उद्धारमा खटिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : १८ बजे

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने