स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ बेपत्ता | Khabarhub Khabarhub

स्पेनमा डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु, ४८ बेपत्ता


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनको क्यानरी टापुमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनुका साथै ४८ जना बेपत्ता भएको राष्ट्रिय समुद्री उद्धार सेवाले शनिबार जनाएको छ । 

उद्धारकर्ताहरूले डुङ्गामा सवार ८४ जना मध्ये २७ जनालाई  उद्धार गर्न सफल भएको जनाएका छन् । यो सेप्टेम्बरको सुरुमा आप्रवासीहरू बोकी  युरोपका लागि प्रस्थान गरेको डुङ्गा सेनेगलमा  दुर्घटनामा पर्दा ३९ जना आप्रवासीहरूको मृत्यु  भएको थियो ।  

पछिल्लो समयमा हजारौं आप्रवासीहरू ज्यान जोखिममा पारी भीडभाडका बीचमा पुराना डुङ्गाहरूमा चढी युरोपका लागि  यात्रा गर्ने क्रम बढेको जनाइएको छ ।  

अगस्टको अन्त्यमा, स्पेनका प्रधानमन्त्रीले मौरिटानिया र गाम्बियाको भ्रमण गरी कानुनी आप्रवासनका लागि मार्गहरू विस्तार गर्दै मानव तस्करहरू विरुद्ध कारबाही गर्न सहयोग सम्झौताहरूमा हस्ताक्षर गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सी ‘इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन’ ले सन्  २०१४  देखि यो क्षेत्रमा दुर्घटनामा परी चार हजार ८५७ जनाको मृत्यु भएको अनुमान गरेको छ ।

आप्रवासीहरूलाई सहयोग गर्ने स्पेनिस गैरसरकारी संस्था ‘क्यामिनान्डो फ्रन्टेरास’ का अनुसार युरोप जाने क्रममा दुर्घटनामा परी हाल सम्म १८ हजार ६८० जनाको मृत्यु भई सकेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ४१ बजे

निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छः प्रवक्ता महत

ललितपुर – नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा

माधव नेपाललाई आफ्नै पार्टीका नेताहरुको चेतावनी: माओवादीसँग मिल्न गए विद्रोह गर्छौं

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसँग

सरकार–नर्सबीचको वार्ता आज पनि टुंगोमा पुगेन

काठमाडौँ– आन्दोलनरत नर्सहरूको मागबारे स्वास्थ्य मन्त्रालयसँग आज बिहीबार भएको वार्ता

कांग्रेस केन्द्रीय समिति बैठक महामन्त्री थापाले किन गरे बहिष्कार ?

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जारी केन्द्रीय समितिको बैठक

जेनजी आन्दोलन छानबिन टोलीलाई हप्काउँदै एमाले नेता रावलले भने : राज्यकोषको दुरुपयोग गर्ने अपराधी

काठमाडौं – सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य राजेन्द्रसिंह