दोलखामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, एकको उद्धार  « Khabarhub

दोलखामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, एकको उद्धार 


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

दोलखा– अविरल वर्षासँगैको पहिरोमा पुरिएर दोलखाको भिमेश्वर नगरपालिका-६ मैदानेमा ३ जनाको मृत्यु भएको छ। सदरमुकाम चरिकोट नजिकैको मैदानेमा स्थानीय राजकुमार भुजेलको घर पहिरोले पुर्दा भुजेल सहित उनकी श्रीमती, र छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। पहिरोले एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४१ वर्षीय राजकुमार भुजेल, उनकी श्रीमती ३७ वर्षीया राधिका भुजेल र १५ वर्षीया छोरा सुजन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका  प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिए । 

मृतक भुजेल दम्पतीको शव भिमेश्वर नगर प्रमुख ईश्वर नारायण मानन्धर सहितको सुरक्षाकर्मी र स्थानीले मृतक राजकुमार र राधिकाको शव घटनास्थलबाट निकालेको र घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएका सुजनको बीच बाटोमै मृत्यु भएको  डीएसपी खड्काले जानकारी बताए।

त्यस्तै पहिरोमा पुरिएका ३ वर्षाका बालक युवराज भुजेललाई भने सकुशल उद्धार गरेका छन् । शुक्रबारदेखी परेको अविरल वर्षापछि भुजेल परिवार घरमा बसिरहेका बेला शनिवार दिउँसो १ बजे  घरमाथिबाट पहिरो खसेको थियो।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ५ : ५४ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ