न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी « Khabarhub

न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डिफेन्डिङ च्याम्पियन म्यानचेस्ट सिटी इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा न्यूक्यासल युनाइटेडसँग बराबरीमा रोकिएको छ ।

शनिबार सम्पन्न इङलिस प्रिमियर लिगअन्तर्गतको खेलमा म्यानचेस्टर सिटी न्यूक्यासलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा म्यानचेस्टर सिटीका लागि खेलको ३५औँ मिनेटमा जोस्को ग्भारडिओलले गोल गरेका थिए । न्यूक्यासलका लागि खेलको ५८औं मिनेटमा पाएको पेनाल्टीमार्फत एन्थोनी गोर्डनले गोल गरे ।

यस सिजनमा अपराजित म्यानचेस्टर सिटीको यो दोस्रो बराबरी हो । यो खेलपछि म्यानचेस्टर सिटीको ६ खेलमा १४ अंक भएको छ । सिटी लिगको शिर्ष स्थानमा छ ।

न्यूक्यसल युनाइटेडको पनि यो यस सिजनको दोस्रो बराबरी हो । यस खेलपछि न्यूक्यसलको ६ खेलमा ११ अंकसहित लिगमा पाँचौं स्थानमा छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ८ : २८ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र