अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन | Khabarhub Khabarhub

अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन दिएका छन् ।

शनिबार मन्त्री पाण्डेको संयोजकत्वमा मन्त्रालय सम्बद्ध निकाय एवं पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित व्यावसायिक संस्थाका प्रमुख तथा प्रतिनिधिसँग आकस्मिक बैठकमार्फत उक्त निर्देशन दिएका हुन् । मन्त्री पाण्डेको संयोजकत्वमा बसेको बैठकले विभिन्न ९ बुँदे निर्देशनात्मक आदेश जारी गरेको हो ।

अलपत्र पर्यटकहरूलाई तत्काल उद्धार गर्नका लागि उद्धार कार्यमा पर्यटक प्रहरीलाई प्रभावकारी रूपमा परिचालन गर्ने,आन्तरिक उडान अवरुद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुहरूको टिकट सार्न अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित वायुसेवा कम्पनीहरूले आवश्यक समन्वय गर्ने,हेलिकप्टरबाट उद्धार उडान गर्दा नियमित एवं सहुलियत शुल्कमा नै गर्ने व्यवस्था मिलाउने,वायुसेवा कम्पनीका हेलिकोप्टरहरू र र्याफ्टिङ एसोसिएसनका जनशक्ति तथा उपकरणहरूलाई अधिकतम परिचालन गर्ने गरी तयारी अवस्थामा राखे। साथै र्याफ्टिङ सम्बन्धी संस्थाहरूले उद्धारमा गरेको प्रशंसनीय कार्यलाई निरन्तरता दिने लगायतका निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव रामकृष्ण लामिछानेले जानकारी दिए ।

यसका साथै सबै विमानस्थलहरू सञ्चालनयोग्य अवस्थामा नै रहेको हुँदा मौसमको अनुकूलता हुने बित्तिकै अन्तर्राष्ट्रिय र आन्तरिक उडानलाई अधिकतम क्षमतामा सुचारु गर्ने, मौसम तथा उडान सम्बन्धी पूर्व सूचनालाई सर्वसाधारणको जानकारीको लागि निरन्तर प्रवाह गरी राखे,होटेल एसोसिएसन अफ नेपालले अतिरिक्त समय बस्नुपर्ने बाध्यताका पर्यटकलाई होटेल एवं डाइनिङ सेवा सहुलियत एवं नियमित शुल्कमा नै सहज ढङ्गबाट प्रदान गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ९ : ०३ बजे

पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल

जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् ।

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड  हेरिटेज

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलाबिरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका

एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू)

काठमाडौं– एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश