रोकिएन शेयर बजारको पहिरो, आइतबार २२ अंकले घट्यो नेप्से  | Khabarhub Khabarhub

रोकिएन शेयर बजारको पहिरो, आइतबार २२ अंकले घट्यो नेप्से 


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार र शनिबार देशभरका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण जनजीवन प्रभावित भएको बेला शेयर बजारमा पनि पहिरो गएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा पुगेको छ । शेयर बजारमा पहिरो जाँदा कारोबार रकमा पनि सुस्ताएको छ । आज ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

आज १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर ५८ हजार ४०१ पटक किनबेच भएको छ ।

आज ३२७ वटा कम्पनीको शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार प्रि–ओपन सेसनमा २ अंकले घटेर सुरु भएको शेयर बजार खुलेको केही समयमै घट्न थालेको थियो । १२ः१४ सम्म घटेको बजार त्यसपछि भने उकालो लागेको थियो । १ः४५ तिर बजार हरियाली देखिएको भए पनि त्यो हरियाली केही बेर पनि टिकेन ।

आज नेप्से परिसूचक उच्चतम २४९४ विन्दु र न्यूनतम २४४४ विन्दु पुगेको थियो ।

आइतबार १३ वटा समूह मध्ये उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूह राताम्य भएको छ । आज उत्पादन तथा प्रशोधन समूह १.०७ प्रतिशतले बढेर ६ हजार ७४७.५३ विन्दुमा पुगेको छ ।

देशभर बाढी पहिरोले जलविद्युत कम्पनीमा क्षति पुराएकाले गर्दा आज सबैभन्दा बढी जलविद्युत समूह सबैभन्दा बढी २.४० प्रतिशतले घटेर २ हजार ९५५.८० विन्दुमा आएको छ ।

आज सबैभन्दा कम निर्जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेर १२ हजार ५७४.९० विन्दुमा झरेको छ ।

त्यस्तै, वाणिज्य बैंक ०.७४ प्रतिशतले, विकास बैंक ०.९० प्रतिशतले, फाइनान्स १.८३ प्रतिशतले, होटल एण्ड टुरिजम १.८२ प्रतिशतले, लगानी १.४७ प्रतिशतले, जीवन बीमा ०.३१ प्रतिशतले, लघुवित्त ०.२९ प्रतिशतले, म्युचुअल फण्ड १.२१ प्रतिशतले, निर्जीवन बीमा ०.१७ प्रतिशतले, अन्य समूह १.०२ प्रतिशतले र ट्रेडिङ समूह २.९७ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ३ : १३ बजे

पुटिनसँगको वार्तापछि ट्रम्प भन्छन् – छलफल उपलब्धिमूलक भए पनि कुनै सम्झौता भइसकेको छैन

अलस्का – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको विषयमा रुसी

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३१ गते शनिबार। भाद्र

आज २०८२ साल साउन ३१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३१ गते शनिबार। भाद्र

अलास्कामा पुटिन–ट्रम्प शिखर वार्ता सुरू, युक्रेन युद्धसहित यस्ता छन् एजेन्डा

अलास्का– रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

अलास्कामा पुटिनका लागि ‘रेड कार्पेट’, विमानस्थलको रनवेमै पुगेर स्वागत गरे ट्रम्पले

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्काको एंकरिजस्थित संयुक्त बेस एल्मेन्डोर्फ–रिचर्डसनमा