बाढीपीडितलाई काठमाडौंमा निःशुल्क खाना र अस्थायी बास   | Khabarhub Khabarhub

बाढीपीडितलाई काठमाडौंमा निःशुल्क खाना र अस्थायी बास  


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्रका बाढीपीडितका लागि महानगरमा निःशुल्क खाना र अस्थायी बासको व्यवस्था गरिएको छ । विपद्मा परेका महानगरवासीलाई वडाहरूले अहिले खाना र अस्थायी बास व्यवस्था गरेका हुन् ।

वडा नम्बर १० ले शनिबार बिहान ४ सय जनालाई खानाको व्यवस्था गरेको थियो । बेलुका ५ सय जनाका लागि व्यवस्था गरेको थियो । वडाध्यक्ष रामकुमार केसी भन्छन्, ‘अहिले ५ सय जनालाई खानाको प्रबन्ध गरेका छौँ । केसी का अनुसार आज अवस्था सामान्य भइसकेकोले बेलुकाबाट खाना उपलब्ध गराउने कार्यक्रम रोकिनेछ । बागमती नदीले वडा १० का शंखमुल, वुद्धनगर, दोभानलगायत क्षेत्रमा बढी प्रभाव पारेको छ ।’

बागमती र विष्णुमतीको दोभान रहेको वडा नं. १२ र १४ हो । यसको बढी प्रभाव वडा नं. १४ को बल्खु क्षेत्रमा पर्छ । वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठका अनुसार बल्खुसँगै कुलेश्वर क्षेत्र, फलफूल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुशी नदी क्षेत्रमा सबैभन्दा बढी प्रभाव पर्‍यो । वडाले शनिबार बाढी प्रभावित १२५ जनालाई कम्बल वितरण गर्‍यो । ४ सय जनाका लागि दिउँसो पुरी तरकारी र बेलुका खानाको व्यवस्था गरिएको थियो ।

विद्यालयमा बस्नका लागि १६ वटा कोठामा कालो म्याट बिछ्याइएको छ । वडा नम्बर ११ का सदस्य सरोज मुल्मीका अनुसार वंशीघाटका प्रभावितहरूका लागि पसलबाट खाद्यान्न उपलब्ध गराएर क्याटरिङ्लाई पकाउने जिम्मा दिइएको छ । प्रभावित बोलाएर खाना खुवाउने प्रबन्ध गरिएको छ । वडा सदस्य आशा श्रेष्ठ रौनियारका अनुसार पौरखी बस्तीका प्रभावित ६ सय जनाका लागि गुह्येश्वरी स्कूलका खानपानको व्यवस्था गरिएको छ ।

शुक्रबारबाट परेको अविरल बर्षाका कारण नदी किनारा हुँदै बस्तीभित्र पानी प्रवेश गरेको थियो । यसबाट आइलागेको विपत्तिको सामना गर्न शनिवार बिहानै देखि महानगर प्रहरी बलका १७ वटा टोली परिचालन भएका थिए । यसरी खटिएका नगर प्रहरीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयहरूसँगमा खोज र उद्धारको काम गरेका थिए । यसका लागि ४ वटा रेस्क्यु बोट (डुङ्गा) को प्रयोग गरिएको थियो ।

काठमाडौं जिल्लाका विभिन्न ठाउँमा बाढीमा फसेका १ हजार १६० जनालाई उद्धार गरिएको थियो । खोलाले बगाएर तथा पहिरोमा परेर मृत्यु भएका ११ जनाको शव निकालिएको थियो । ७४ वटा पशु चौपाया क्षति भयो । १ हजार ३४० वटा घर डुबान भए ।

यसमध्ये काठमाडौँ महानगरपालिकाको शंखमुलमा, बाढी विपद्मा फसेका ५ जनालाई, बल्खु कालीमाटीबाट ७११ जनालाई कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय गेट अगाडिबाट १५१ जनालाई, वडा नं. १ नक्साल क्षेत्रबाट ११० जनालाई, कोटेश्वर बालकुमारी झोलुङ्गे पुल क्षेत्रबाट २८ जनालाई उद्धार गरिएको थियो । वडा नं. २४ मखन गल्लीमा पुरानो घर भत्किएर अवरुद्ध भएको सडकलाई महानगर प्रहरी बलले अवरोध हटाएर सडक सुचारु गरेको थियो ।

भित्री सहरी क्षेत्रमा पनि पानीको निकास बन्द भएर घर पसल, कवल डुबान भएको थियो । बागमती, विष्णुमती, रुद्रमती, मनोहरा, सामाखुखी खोला, करखुशी खोला, बल्खु खोला, भचाखुशी नदी महानगरपालिकाभित्रका नदीहरु हुन् । अविरल बर्षाका कारण नदीसँगै खोल्साहरुमा पनि पानीको तीब्र बहाव आएको थियो ।

काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपद परेमा सहयोगका लागि हटलाइन नम्बरहरु १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ३७ बजे

ज्वाइँ साबका निर्देशकलाई प्रश्न : क्लाइमेक्स दृश्य लिक गर्नेलाई किन उजुरी नगरेको ?

काठमाडौं- कलाकार जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको

सिधाकुराले अदालतको अवहेलना गरेको ठहर, तीनै जनालाई कैद सजाय (पूर्णपाठ)

काठमाडौं – सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर

झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी सुचारु

काठमाडौं – धादिङको झ्याप्ले खोलामा अवरुद्ध भएको सडक सुचारु भएको

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १७० पुग्यो, ४२ जना अझै बेपत्ता

काठमाडौं – असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी

एनएमबि बैंकद्वारा विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं– एनएमबि बैंक लिमिटेडले आज  विश्व मुटु दिवस, २०२४ को अवसरमा