रास्वपा भन्छ- दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदियो « Khabarhub

रास्वपा भन्छ- दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदियो


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार प्राकृतिक विपत्तिको तयारीमा चुकेको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी कार्यालय चमतीमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सरकार रास्वपा सभापति रवि लामिछानेलाई आरोप लगाउन केन्द्रित हुँदा  विपत्तिको सामना गर्न चुकेको दाबी छ ।

पार्टी प्रवक्ता मनिस झाका अनुसार सरकार, गठबन्धन, गठबन्धन आबद्ध दल र राजनीतिक कार्यकर्ताले रास्वपा, रवि र सहकारी बाहेक अरू केही नसोच्दा यो समस्या आएको हो ।

यता रास्वपा सांसद गणेश पराजुली पनि  दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाइदिएको दाबी गर्छन् ।

उनले खबरहबलाई भने, ‘दुई तिहाइको सरकार जनतापट्टि बन्दै गम्भीर भएन । दुई दिनको पानीले दुई तिहाइ सरकारको औकात देखाइदियो ।

पराजुलीका अनुसार केन्द्रीय समिति बैठकमा सरकारको काम प्रति सबैले असन्तुष्टि व्यक्त गरे ।

जोखिम हुने कुरा थाहा हुँदा हुँदै पनि पूर्व तयारीको साटो सरकार भाषण छाँटेर हिँडेको प्रवक्ता झा को तर्क छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ४ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै