उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह « Khabarhub

उद्धार तथा राहतमा सहयोग गर्न मन्त्री सुडीको आग्रह


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई आग्रह गरेका छन् ।

समाजकल्याण परिषद्का अध्यक्षसमेत रहेका मन्त्री सुडीले आज परिषद्मा आकस्मिक बैठक आह्वान गरी देशभर बाढीपहिरोले ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक सहयोग गर्न सबै सरोकार भएका निकायलाई अनुरोध गरेका हुन् ।

मन्त्री सुडीले नेपालले पछिल्लो केही समययता कल्पना नगरेको विपद्को सामना गर्नुपरेको भन्दै विगतमा बाढी नआउने क्षेत्रमा पनि अहिले बाढीपहिरो आएकाले ठूलो जनधनको क्षति हुनुका साथै कष्टको सामना गर्नुपरेको उल्लेख गरे  ।

‘अहिले मुलुक बाढीपहिरोबाट आक्रान्त बनेको छ । यसले ठूलोमात्रामा जनधनको क्षति गरेको छ । क्षतिको अझै पूर्ण विवरण आउन बाँकी छ’, मन्त्री सुडीले भने, ‘सरकारले अहिलेसम्म सकेको प्रयासहरू गर्दै आएको छ । नेपाली सेना, प्रहरी, जनपथ सक्रिय रूपमा उद्धार तथा राहतको कार्यमा लाग्नुभएको छ । आजको दुर्भाग्यपूर्ण अवस्थामा तपाई हरू सबैलाई उद्धार तथा राहतमा लाग्न आग्रह गर्दछु ।’

यही असोज १० गतेदेखि परेको अविरल वर्षापछि भएको मानवीय तथा भौतिक क्षतिको घटनामा तत्काल आवश्यक उद्धार, राहत तथा पुनः स्थापनामा सहयोग पुर्‍याउन समाजकल्याण परिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक सङ्घसंस्थालाई आग्रह गरेको हो ।

परिषद्ले एक सूचना जारी गर्दै बाढीपहिराले ठूलोमात्रामा मानवीय तथा भौतिक क्षति हुन गई जनजीवन प्रभावित भएकोप्रति दुःख व्यक्त गर्दै आवश्यक उद्धार तथा सहयोगमा पुर्‍याउन आह्वान गरेको छ ।

परिषद्का उपाध्यक्ष नन्दलाल माझीले विपद्मा सबै एकजुट भएर सहकार्य गर्नुपर्ने बताउँदै जनताको कसरी सेवा गर्न सकिन्छ भन्ने लक्ष्यका साथ सहयोग गर्न सङ्घसंस्थालाई आग्रह गरे ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एआइएन)का अध्यक्ष शङ्करप्रसाद कलौनीले पहिलो चरणको उद्धार र राहतमा खटिएका सबैप्रति सम्मान व्यक्त गर्दै विपद्को समयमा कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सरोकार भएकासँग छलफल गरी सहयोगका लागि आवश्यक योजना बनाइएको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : ५४ बजे

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका