बंगलादेशमा बाढी आएको मिथ्या सूचना प्रवाह « Khabarhub

बंगलादेशमा बाढी आएको मिथ्या सूचना प्रवाह


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले बाँध खोलिदिएका कारण बंगलादेशमा बाढी आएको भन्ने मिथ्या सूचना अहिले पनि सामाजिक सञ्जालमा प्रवाह भइरहेको छ । यस्ता मिथ्या सूचना प्रवाह गर्नमा बंगलादेशमा सक्रिय हिफाजत ए इस्लाम र जमात ए इस्लामीजस्ता संगठनको हात रहेको पाइएको छ ।

आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न ती संगठनले आफ्ना कार्यकर्ता परिचालन गरी पुराना भिडियो र फोटो सामाजिक सञ्जालमा पोस्ट गरेर मिथ्या सूचना प्रवाह गरेका पाइएको हो । सामाजिक सञ्जालमा भारतको त्रिपुरा राज्यमा रहेको गोमती नदीमा निर्मित बाँध खोलेका कारण बंगलादेशमा बाढी आएको दाबी गरिएका पोस्ट देख्न पाइन्छ ।

तर, त्यस किसिमका पोस्टमा पुराना फोटो र भिडियो, भारतकै अन्य ठाउँका बाँधका दृश्य र अन्य भ्रामक जानकारी दिइएको भेटिएका छन् । यीनै आरोपलाई आधार बनाउँदै केही समयअघि बंगलादेशको अन्तरिम मन्त्रिपरिषदका सूचना तथा प्रसारण मामिलाका सल्लाहकार मोहम्मद नाहिद इस्लामले बिना जानकारी भारतले बाँध खोलिदिएका कारण बंगलादेशले बाढीबाट जोगिन पूर्वतयारी गर्न नपाएको उल्लेख गरेका थिए ।

उता भारतीय विदेश मन्त्रालयले भने यस्तो आरोपको खण्डन गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारत र बंगलादेशबीच नियमित रुपमा जलस्रोत व्यवस्थापनसम्बन्धी जानकारी आदान प्रदान हुँदै आएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ३ : १४ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका