तनावपूर्ण खेलमा रियल र एट्लेटिको म्याड्रिडको बराबरी « Khabarhub

तनावपूर्ण खेलमा रियल र एट्लेटिको म्याड्रिडको बराबरी


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको एट्लेटिको म्याड्रिड र रियल म्याड्रिडको खेल रोचक बनेको छ।

अतिरिक्त समयमा एन्जल कोरेराले गरेको निर्णायक गोलमा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडसँगको स्पेनिस ला लिगाको खेलमा १-१ को बराबरी गरेको हो।

रियलले घरेलु भूमिमा भएको खेलको ६४ औं मिनेटमा एइडर मिलिटाओसको गोलको अग्रता लिएको थियो।

भ्रमणकारी टोलीका गोलरक्षक थिबाउट कोरटियसले घरेलु दर्शकले पोस्टको पछाडिबाट केही प्रहार गरेको भन्दै रेफ्रीसँग अपिल गरेपछि यसले खेलमा विवाद निम्त्याएको थियो।

कोरेराले गरेको गोल पनि सुरुमा रेफ्रीले अमान्य घोषित गरेका थिए। तर भिएआरको आधारमा सो गोललाई पछि रेफ्रीले मान्यता दिएका थिए।

स्पेनिस ला लिगाका आइतबार भएका अन्य खेलमा सेल्टा भिगो र गिरोना तथा एटलेटिको क्लब र गिरोनाबिचको खेलमा १-१ गोलको बराबरी भएको छ।

यसैगरी रियल बेटिसले इस्पानियोलाई १-० ले हरायो। तालिकामा बार्सिलोना ८ खेलमा २१ अङ्कसहित शीर्ष स्थानमा  छ। रियल म्याड्रिडको १८ अङ्क छ। एट्लेटिको म्याड्रिड १६ अङ्कसहित तेस्रो स्थानमा छ भने एथलेटिको क्लब १४ अङ्कसहित चौथो स्थानमा छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ६ : ०५ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा