झ्याप्लेखोला घटना : धादिङका प्रजिअ गृहमा तानिए « Khabarhub

झ्याप्लेखोला घटना : धादिङका प्रजिअ गृहमा तानिए


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सीमाक्षेत्र झ्याप्लेखोलामा पहिरोले गाडी पुरेको प्रकरणमा धादिङका प्रमुख जिल्ला अधिकारी गृहमन्त्रालयमा तानिएका छन् ।

असोज ११ गते भीषण वर्षाबीच यात्रुवाहक सवारीसाधनलाई राजमार्गमा गुड्नबाट नरोक्दा झ्याप्लेखोलामा ३ वटा गाडी पुरिएको निष्कर्षसहित धादिङका प्रजिअ राजेन्द्रदेव पाण्डेलाई गृहमा तानिएको हो ।

मौसम पूर्वानुमान महाशाखाको पूर्वचेतावनीपछि गृह मन्त्रालयले रातिको समयमा नारायणगढ–मुग्लिङ र मुग्लिङ–काठमाडौं सडकखण्डमा राति सवारी नचलाउन र नचलाउने व्यवस्था गर्न मातहतलाई निर्देशन दिएको थियो ।

तर उक्त निर्देशन पालना नहुँदा धादिङमा पर्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पनि बिनारोकटोक सवारी साधन चलेका थिए ।

राति चलेका सवारीसाधनमध्ये शुक्रबार राति बुटवलबाट आएको विंगर, गोरखाबाट आएको दरौँदी यातायातको बस र चितवनबाट आएको माइक्रोबसलाई पहिरोले पुर्दा अहिलेसम्म ३५ जनाको शव भेटिएको छ।

यस प्रकरणमा धादिङका प्रजिअ पाण्डेले गृहमन्त्रालयको निर्देशन प्रहरीमार्फत पालना गराउन असफल भएको निष्कर्ष गृहले निकाले हो ।

धादिङमा प्रहरी–प्रशासनले बेवास्ता गरेकोले झ्याप्ले खोलामा गाडी पुरिँदाका ३५ र अर्को घटनाका ४ सहित ३९ जनाले ज्यान गुमाएका छन् ।

यी घटनामा प्रमुख जिल्ला अधिकारी पाण्डेको लापरबाही रहेको निष्कर्षसहित गृह मन्त्रालयमा तानिएको हो ।

गृहले धादिङमा सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ । झ्याप्लेखोला विपदमा धादिङका प्रहरी प्रमुखको पनि आलोचना भइरहेको छ ।

शुक्रबार र शनिबारको विनाशलाई लिएर कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखककोसमेत कडा आलोचना भइरहेको छ ।

आइतबार भएको सर्वदलीय बैठकमा दलका नेताहरूले पूर्वचेतावनी हुँदा पनि तयारी नगरेको भन्दै दुवैको आलोचना गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : १० बजे

नागढुङ्गा–नौबिसे सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं– सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज– निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार