काेशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने | Khabarhub Khabarhub

काेशी प्रदेश सरकारले माघमा लगानी सम्मेलन गर्ने


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर- काेशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते पहिलाे पटक लगानी सम्मेलन गर्ने भएकाे छ ।

प्रदेशमा लगानीकाे वातावरण सिर्जना गर्न र काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे हाे ।

आइतबार काेशी प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले यसकाे अवधारणा पारित गर्दै मिति तय गरेकाे हाे । निजी क्षेत्रकाे सहकार्य र समन्वयमा याे सम्मेलन गर्ने तयारी सरकारकाे छ ।

काेशी प्रदेश सरकारकाे चालू आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियाे । त्यहीअनुसार याे कार्यक्रमलाई अगाडि बढाइएकाे मुख्यमन्त्री कार्यालयले जनाएकाे छ ।

प्रदेश लगानी प्राधिकरणले यसकाे समन्वय, सहजीकरण र लगानीकाे क्षेत्रहरू तय गर्ने छ । प्रदेश सरकारले याे कार्यक्रम सम्पन्न गर्न ३ कराेड बजेट छुट्याएकाे छ ।

लगानी सम्मेलनमा नेपाल, भारत र तेस्राे मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ ।

प्रदेशका सम्भावित आयाेजननकाे क्षेत्र पहिचान गरि ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघलर स्थानीय तहकाे नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ । साथै प्रदेशले गर्नुपर्ने कानून संशाेधन तत्कालै गर्ने तयारी सरकारकाे छ ।

पीपीपी माेडेलकाे लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार माेहन सुवेदीले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १२ : ३२ बजे

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल