चणिकलाल तामाङलाई कार्यवाहक प्रधानमन्त्रीको सम्मान « Khabarhub

चणिकलाल तामाङलाई कार्यवाहक प्रधानमन्त्रीको सम्मान


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंशा गर्दै सम्मान गरेका छन्। आज शहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन् ।

तामाङले शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदिमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरे।

‘तपाईंले आफैलाई जोखिममा राखेर उद्धारमा खटिनुभयो । मानवीयता देखाउनुभयो । तपाईंको साहसको उच्च प्रशंसा गर्दछु,’ उनले भने, ‘ सरकारले अहिले राहत र उद्धारमा काम गरिररहेको छ । घाइतेहरुको उपचारको जिम्मा लिने भनेर घोषणा गरिसकेको छ । घाइतेको उपचारमा सरकारले प्राथमिकताका साथ काम गरिररहेको छ । ’ तामाङले घाइतेहरुको उपचारमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : ०८ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष