औँला पड्काउँदा हुन सक्छ यस्तो खतरा ! « Khabarhub

औँला पड्काउँदा हुन सक्छ यस्तो खतरा !


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राय अधिकांश मानिसहरूको अल्छी लाग्दा औँला, घाँटी, शरीरका हड्डीको जोर्नीहरू पड्काउने  बानी हुन्छ । कम्प्युटरमा काम गर्दा वा केही सोच्दा बारम्बार आफ्नो औँला पड्काउने धेरैले गरिरहेका हुन्छन् ।

यसो गर्दा आराम भएको महसुस त हुन्छ तर चिकित्सकहरूका अनुसार यसले स्वास्थ्यमा भने गम्भीर समस्या आउन सक्छ । चिकित्सकहरू यसो नगर्न आग्रह गर्छन् ।

औँला पड्काउनुका बेफाइदाहरू 

हाम्रो शरीरको जोर्नीहरूमा विशेष तरल पदार्थ हुन्छ । जब हामीले औँला वा शरीरको कुनै पनि जोर्नी (जस्तै घाँटी र ढाँड) पड्काउँछौँ, जोर्नीहरू बिचको तरल पदार्थको ग्यास निस्कन्छ र भित्र बन्ने बुलबुले फुट्न थाल्छ ।

यही कारण औँला पड्काउँदा आवाज सुनिन्छ ।  स्वास्थ्य विज्ञहरूका अनुसार आफ्नो औँलाहरू धेरै पड्काउने हो भने, हातको पकड शक्ति कमजोर हुन सक्छ र हातमा सुन्निने समस्या पनि उत्पन्न हुन सक्छ । त्यसैले आफ्नो औँलाहरू धेरै पड्काउनबाट जोगिनु पर्छ ।

विज्ञहरूका अनुसार औँलाहरू पड्काउँदा कुनै दुखाइ महसुस हुँदैन भने, यसको मतलब सबै ठिक छ । तर,  औँलाहरू अत्यधिक रूपमा पड्काउने हो भने त्यहाँ आथ्र्राइटिसको जोखिम हुन सक्छ । र धेरै जोडले औँला पड्काउँदा कहिलेकाहीँ औँला भाँच्चिने सम्मको जोखिम पनि हुन्छ । यस्तो भएमा हाड जोर्नी विशेषज्ञलाई जँचाउनु पर्छ ।

ढाड र घाँटी पड्काउँदा किन राम्रो लाग्छ ? 
घाँटी र ढाड पड्काउँदा यसले एन्डोर्फिन निस्कन सक्छ, जुन प्राकृतिक दुखाइ निवारक हो । यद्यपि यथार्थमा त्यस्तो केही हुँदैन । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : ०३ बजे

रविले डाकेको बैठकमा यी चार मन्त्रीबारे सांसदले उठाए प्रश्न, ‘स्टन्ट’मात्रै गर्ने भए राजीनामा दिएर जान दबाब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय

सरकारी जग्गा व्यक्तिको नाममा, दर्ता बदर गर्न माग

भक्तपुर– साविक दुवाकोट गाविस–८ (ख), हाल चाँगुनारायण नगरपालिका–१ स्थित करिब

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि