हेलिकप्टरमार्फत दुई गर्भवतीको उद्धार « Khabarhub

हेलिकप्टरमार्फत दुई गर्भवतीको उद्धार


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पाँचथर – बाढीका कारण सडक अवरुद्ध भएपछि अस्पताल जान नसकेका यहाँका दुई गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका–३ का गर्भवतीलाई गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आज उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको हो ।

३० वर्षीया सुजा जबेगू र १८ वर्षीया भूमिका चौहानलाई आज एक/एक जना सहयोगीसहित काठमाडौँ पठाइएको फालेलुङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सुरज पासवानले जानकारी दिए ।

पासवानका अनुसार गर्भवती सुजालाई सुत्केरीका लागि चिकित्सकले दिएको समय पुगेपनि सडक नहुँदा स्वास्थ्य संस्था जान नसकी घरमै बसेका थिए । भूमिकाको पेटमा रहेको बच्चाको तौल पर्याप्त नभएकाले सुविधा सम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिएका थिए ।

अविरल वर्षापछि असार १२ गते आएको बाढीले फालेलुङ गाउँपालिका जोड्ने हेवा खोला र फेमे खोलाको पुल बगाएपछि सदरमुकाम फिदिम तथा मेची राजमार्गसँगको सडक सम्पर्क विच्छेद भएको छ । मेची राजमार्गको फिदिम नगरपालिका–२ रमितेस्थित सडक भत्किएर सञ्चालन हुन सकेको छैन ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ९ : १९ बजे

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आजका औपचारिक कार्यक्रम स्थगित

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएका

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम

माघ २१ देखि भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट प्रतियोगिता हुने

झापा– भद्रपुर क्रिक्रेट क्लबको आयोजनामा मेची रङ्गशालाको नवनिर्मित मैदानमा आगामी

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै

राहुघाट जलविद्युत् आयोजनाको सुरुङका लागि संरचना तयार

म्याग्दी– म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका लागि