तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प « Khabarhub

तीन महिनादेखि बागलुङका अधिकांश ग्रामीण सडक ठप्प


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङका अधिकांश ग्रामीण सडक तीन महिनादेखि अवरुद्ध रहेका छन् । मनसुन सुरु भएयता वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएका सडक खुल्न नसकेकका हुन् ।

चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा अधिकांश बस्तीसम्म सडक पुगे पनि बर्खाको करिब चार महिना ठप्प हुने गरेका छन् । बर्खामा सबैभन्दा कम तमानखोला गाउँपालिकामा सवारी साधन सञ्चालन हुने गरेको स्थानीय बताउँछन् ।

तमानखोलामा गाउँपालिकाको केन्द्र बोङ्गा दोभान बजारबाट वडा नम्बर १ को स्याउला, पहिरागाउँ, वडा नम्बर ३ को तमान, ४ को हिले लाम्मेला, वडा नम्बर ५ को खुङ्खानीथास्पुरी र वडा नम्बर ६ को नर्जाखानी, भित्रिवन पात्लेलगायत गाउँमा पुग्ने सडक ठप्प भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । जिल्लाका ग्रामीण सडकमा स्थानीय खोलामा पानीको बहाव नघट्दासम्म सञ्चालनमा आउनसक्ने स्थिति नरहेको उनको भनाइ छ ।

असोजको अन्तिम सातासम्म खोलामा पानीको बहाव घट्ने र पहिरोले अवरुद्ध भएको सडक खुलाएपछि सवारी साधन सञ्चालनमा आउने बुढामगरले बताए ।

अहिले पालिकाको केन्द्रबाट वडा नम्बर २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन । वडा नम्बर ३ को तमान गाउँ पुग्नका लागि बुर्तिबाङबाट खुङ्गा हुँदै सिधा यातायात सञ्चालन भए पनि पालिकाको केन्द्रबाट भने हुन सक्दैन । सबैभन्दा टाढाको गाउँ नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँच वटा मोटरेबल पुलको आवश्यकता पर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष बुढामगरले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर ५ को खुङ्खानी पुग्न तीन, पहिरा पुग्न तीन, स्याउला र हिजा पुग्न एउटा पुल आवश्यक छ । अहिलेसम्म एक स्थानमा पुल बने पनि अरु स्थानमा पुल नबन्दा स्थानीय मर्कामा परेको अध्यक्ष बुढामगरले बताए ।

जिल्लाको बडिगाड गाउँपालिकामा यस वर्ष पहिरोले सडकमा ठूलो क्षति पुर्‍याएकाे गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिइन् । यस वर्षको वर्षाले ग्रामीण सडक भत्किँदा करिब १५ करोडको क्षति भएको उनको भनाइ छ ।

पालिकाले बर्खाले बिगारेको सडक मर्मतका लागि ६० लाख विनियोजन गरे पनि उक्त बजेटले केही ठाउँमा मात्रै सडक सञ्चालनमा ल्याउन सकिने अध्यक्ष अधिकारीले बताए । गाउँपालिकाभित्र रहेका दर्लिङ, नयाँ गाउँ, मालारानी, आरुपाटा, निगल पानी पुग्ने सडक पूर्ण रुपमा ठप्प भएको उनले जानकारी दिइन् ।

जिल्लाको तमानखोला, निसीखोला, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा बागलुङ, गलकोट, जैमिनी र ढोरपाटन नगरपालिकाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् ।

तीन महिनादेखि गाउँमा आउने सडक पूर्ण रुपमा बन्द हुँदा सामान ढुवानी गर्न समस्या भएको तमानखोला गाउँपालिका–६ का पूर्णबहादुर छन्त्यालले बताए । हिउँदको समयमा जसोतसो गाडी सञ्चालन भए पनि बर्खामा ठप्पै हुने बताउँदै दशक अगाडि गाउँमा सडक नपुग्दा पैदल हिँडेरै बजार पुगेर सामान ल्याउने गरेको उनले स्मरण गरे । 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ११ बजे

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज २०८३ साल असार २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २७ गते शनिबार सन् २०२६

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको