तरकारी बाली सुकेपछि किसान चिन्तित | Khabarhub Khabarhub

तरकारी बाली सुकेपछि किसान चिन्तित


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भाण्टाखेती गरेका छन् । करीब १५ हजारको लागतमा उनले लगाएको भाण्टा एक्कासी सुकेपछि अहिले उनी चिन्तित छन् । घरपरिवारको खर्च चलाउनका लागि मुख्य स्रोतका रुपमा रहेको तरकारी खेती केही दिन अगाडि वर्षासँगै आएको बाढीले सखाप बनाएपछि अहिले उनलाई घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।

उनले जस्तै वडा नं ५ का भोलाप्रसाद मेहताले समेत पाँच कठ्ठामा खुर्सानी खेती लगाएका थिए । करीब ३५ हजारको लागतमा लगाएको खुर्सानी खेती सुकेपछि उनलाई पनि चिन्ताले सताएको छ । घरमा भएको रकम र ऋण काढेर लगानी गरेर केही आम्दानी होला र घरपरिवार चलाउँला भन्ने आशामा गरेको खेती सुकेपछि अब के गर्ने र कसरी परिवार चलाउने भन्ने चिन्ताले उनलाई सताएको छ ।

महङ्गो बीउ, मल र मजदुरसमेत गरेर मेहताद्वयले गरेको खेती सुकेपछि उनहरुलाई हातमुख जोड्नसमेत समस्या भएको छ । तरकारी खेतीकै भरमा घरपरिवार चलाउँदै आएका उनीहरुले केही कमाउने भन्ने लोभले गरेको तरकारी खेती लगातार वर्षासँगै आएको बाढीका कारण खेतमा लगाएको बालीसमेत सुकेकाले लगाएको लगानीसमेत नआउने भएको छ ।

गाउँपालिकाका लागि उनीहरु उदाहरणका पात्र मात्र हुन्। उक्त गाउँपालिकामा मात्रै बाढीका कारण करीब ५० बिघा तरकारी बाली सुक्न थालेको अनुपम तरकारी कृषि सहकारी सस्ंथाका अध्यक्ष रामवृक्ष मेहताले बताए । गाउँपालिका क्षेत्रमा सयौं किसानले सहकारीबाट ऋण गरेर गरेको तरकारी खेती सुकेपछि कृषक समस्यामा परेका उनको भनाइ छ ।

सदरमुकाम इनरुवा, देवानगञ्ज, हरिनगर, कोशी, भोक्राहा नरसिंह गाउँपालिकामा सघनरूपमा बर्खे र मौसमी गरेर जम्मा तीन हजार ४१५ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । बाढीका कारण सुनसरीमा ५१२ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट हुँदा करीब तीन लाख ८४ हजार मूल्य बराबरको तरकारी बाली नष्ट भएको कृषि ज्ञान केन्द्र सुनसरीका बागवानी विकास अधिकृत तृपितनारायण मिश्रले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ९ : १३ बजे

‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता

ललितपुर – फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपालका आशीर्वादराज

अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको

गम्बोरोले पाँच हजार बढी कुखुरा मरे

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि

ऋण गरेर जदुको किरिया गर्दै परिवार, कतार जाने सपना अधुरै

सर्लाही – गत बिहीबार साँझ गोविन्द नामको जङ्गली हात्तीको आक्रमणबाट