जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत अन्तिम चरणको मतदान « Khabarhub

जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत अन्तिम चरणको मतदान


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेनसी भारत प्रशासित कश्मीरमा मंगलबार विधानसभा निर्वाचनअन्तर्गत तेस्रो एवं अन्तिम चरणको मतदान सुरु भएको छ ।  

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ मा जम्मु–कस्मिरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो । भारत–पाकिस्तानबीच विभाजित रहेको क्षेत्र त्यसबेलादेखि संघीय रूपमा नियुक्त गभर्नरको नियन्त्रणमा रहँदै आएको छ ।  

३५ वर्षदेखि द्वन्द्वको सामना गरिरहेको जम्मु–कस्मिर क्षेत्रमा करिब पाँच लाख भारतीय सेना तैनाथ गरिएको छ र मंगलबारको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।  

उच्च बेरोजगारी दर र सन् २०१९ को परिवर्तनप्रति आक्रोशले अभियानलाई उत्प्रेरित गरेको छ र स्थानीय दलहरूले कस्मिरको स्वायत्तताको पुनर्स्थापनाका लागि लड्ने वाचा गरेका छन् ।

मतदानको पहिलो दुई चरणमा ५५ प्रतिशतभन्दा बढी योग्य मतदाताले मतदान गरेका थिए । विद्रोहीहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै दशकौँदेखि भारतीय सेनासँग लडिरहेका छन्। करिब एक दशकपछि जम्मु–कस्मिरमा भएको निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

निर्वाचनको परिणाम अक्टोबर ८ मा घोषणा गरिनेछ । 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  १२ : ३० बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले