एमालेमा ओलीको ब्रिफिङ- यसपटक राष्ट्रसंघमा नेपालको उपस्थिति प्रभावकारी थियो « Khabarhub

एमालेमा ओलीको ब्रिफिङ- यसपटक राष्ट्रसंघमा नेपालको उपस्थिति प्रभावकारी थियो

द्विपक्षीय भेट र आफ्नो सम्बोधनले नेपालको छवि बढेको दाबी


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा यस पटक नेपालले प्रभावकारी र सशक्त उपस्थिति जनाएको बताएका छन् ।

मंगलबार काठमाडौंमा बसेको सचिवालय र संसदीय दलको बैठकमा ११ दिने राष्ट्रसंघ भ्रमणबारे ब्रिफिङका क्रममा ओलीले यस्तो बताएका हुन् ।

मंगलबार हनुमानथानको होटल बसेरमा पहिले सचिवालय बैठक बसेर सरकारको बाढीपीडित राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय लिएको थियो ।

त्यसपछि सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा पनि ओलीले आफ्नो राष्ट्रसंघ भ्रमण र त्यसका उपलब्धिका फेहरिस्त सांसदहरूलाई सुनाए ।

सचिवालयको बैठकले एमाले अध्यक्षसमेत रहेका ओ‌लीको अमेरिका भ्रमण उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको थियो ।

राष्ट्रसंघमा प्रधानमन्त्रीको औपचारिक र अनौपचारिक भेटले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने काम गरेको निष्कर्ष निकालेको एमाले महासचिव शंकर पोखरेलले बैठकपछि पत्रकारहरूलाई बताए ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका द्विपक्षीय भेटवार्ता र कार्यक्रमबारे अवगत गराएका थिए ।

संसदीय दलको बैठकमा पनि ओलीले राष्ट्रसंघमा विगतको भन्दा नेपालको उपस्थिति र प्रस्तुति प्रभावकारी रहेको जिकिर गरे ।

उनले दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै राष्ट्रसंघको महासभामा सहभागिताका क्रममा विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखसँग भेटवार्ता गरेको जानकारी गराएको सचेतक सुनिता बरालले जानकारी दिइन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ३ : ०४ बजे

बैतडी बस दुर्घटना अपडेट : मृतकको संख्या १३ पुग्यो, ३६ घाइतेको उपचार हुँदै

बैतडी– बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु

बालेनको पक्षमा बग्रेल्ती गीत, र्‍यापर-एआईले दिए स्वर !

काठमाडौं – र्‍यापको सुरुवात सयौं वर्ष पहिला नै भएको तथ्यहरु

धाप्लाङघाट पुल निर्माणले गति लियो, स्ल्याब ढलान सुरु

खोटाङ– खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल

म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली

बैतडीमा २८७ बन्दुक फिर्ता

बैतडी– बैतडीमा २८७ भरुवा बन्दुक फिर्ता गरिएको छ । आगामी