नाबालिगलाई यातना दिएको आरोपमा पाकिस्तानमा प्रहरी अधिकारी पक्राउ « Khabarhub

नाबालिगलाई यातना दिएको आरोपमा पाकिस्तानमा प्रहरी अधिकारी पक्राउ


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पाकिस्तानमा नाबालिगलाई दुर्व्यवहार गरेको आरोपमा एक जना प्रहरी अधिकारी पक्राउ परेका छन् । दुई जना नाबालिगलाई गैर कानुनी रुपमा पक्राउ गरी शारीरिक यातना दिएको आरोपमा इस्लामावादका प्रहरी उपरीक्षकलाई पक्राउ गरिएको हो ।

उनले शहरमा भिख मागिरहेको अवस्थामा १० र १२ वर्षका दुई नाबालिगलाई नियन्त्रणमा लिएका थिए । दुई दिनसम्म नियन्त्रणमा लिएर यातना दिएपछि उनले उनीहरूलाई यही क्षेत्रमा लगेर छाडेका थिए ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार पछि ती नाबालिगका आफन्तहरूले प्रहरी महानिरीक्षकको कार्यालयमा घटनाबारे उजुरी दिएका थिए ।

पछि प्रहरीले घटनाबारे अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा ती नाबालिगलाई यातना दिइएको खुलेको थियो । यससँगै प्रहरी अधिकारीलाई पक्राउ गरिएको डनले जनाएको छ । 

अब उनलाई प्रहरी सेवाबाट बर्खास्त गर्ने प्रक्रिया थालिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : ०९ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच