उजाड बीपी राजमार्ग : बाढीले सबथोक बगाएर लग्यो (तस्बिरहरू) « Khabarhub

उजाड बीपी राजमार्ग : बाढीले सबथोक बगाएर लग्यो (तस्बिरहरू)


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- कुनै समय देशकै चर्चित र सुन्दरमध्ये एक सडक थियो बीपी राजमार्ग । मानिसहरू फोटो खिच्नकै लागि पनि यो सडकबाट हिँडडुल गर्थे ।

यहाँको नागबेली सडक छिचोल्दै मधेश प्रदेश र पूर्वी नेपालका घर जाने सर्वसाधारणका लागि यो राजमार्गले लोभ्याउँथ्यो ।

तर त्यही राजमार्ग शनिबारदेखि पूरै सुनसान छ । शनिबार आएको बाढीले राजमार्गका १० भन्दा धेरै ठाउँमा कटान गरेपछि अहिले कुनै सवारी चल्न सकेका छैनन् ।

पूर्वी नेपाल जाने मुख्य राजमार्गमा बाढीले सन्नटा छाएको छ । यो राजमार्गले सुविधा लिएका स्थानीय अहिले त्रासमा बाँचिरहेका छन् ।

आफ्नो दैनिकीलाई निरन्तरता दिन मानिसहरू बाढीले सडक भत्काएर बनाएका अग्ला पहरा ज्यानको बाजी राख्दै छिचोल्दैछन् ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-७ पुग्दासम्म २ ठाउँमा राजमार्गको ठूलो भाग नै भेटिँदैन । मानिसहरू भिरमा अडिएका ढुंगामा ज्यान घिसार्दै आवतजावत गरिरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ८ : ०४ बजे

इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई

‘कांग्रेस नेताले लालपुर्जा दिन्छौँ भने, सरकारले डोजर चलायो’

काठमाडौं- ५१ वर्षीय आइतबहादुर तामाङ काठमाडौंको शंखमूलमा रहेको सुकुम्वासी बस्तीमा

अर्थसंक्षेप : नेता छान्दै निजी क्षेत्र, समस्याग्रस्त सहकारीको बचत जेठदेखि फिर्ता गरिने र नेप्सेमा सामान्य अङ्कको सुधार

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने सरकारले

कांग्रेसले भन्यो- संवैधानिक आयोग नियन्त्रणमा राख्न सरकारले अध्यादेशको सहारा लियो

काठमाडौं– नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा

रक्षा र गृह आफैँले राखेका बालेनले सुधनबारे किन बनाएनन् छानबिन समिति ?

काठमाडौं- गत चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहसँगै गृहमन्त्रीको शपथ