नेता-कार्यकर्तालाई निर्देशन दिँदै रविले भने- दु:खका बेला सरकारको विरोध गरेर हुँदैन « Khabarhub

नेता-कार्यकर्तालाई निर्देशन दिँदै रविले भने- दु:खका बेला सरकारको विरोध गरेर हुँदैन


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाढीपीडितको उद्दार र राहत लगाएतका काममा थप क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

बुधबार पार्टी कार्यालय बनस्थलीमा नेता तथा कार्यकर्ताहरूसँग सामूहिक छलफल गर्दै लामिछानले प्रचारका लागि नभई वास्तविक रुपमै पीडितलाई सहयोग गर्ने गरि उद्धार र राहतका काममा क्रियाशील हुन नेता कार्यकर्तालाई आग्रह गरेका हुन् ।

राजनीतिक आग्रह–पूर्वाग्रहबाट टाढा रहेर नागरिकको सेवामा लाग्नुपर्ने उनको भनाइ छ ।

प्राकृतिक प्रकोपका घटना भइसकेपछि आफूले राज्यका निकायसँग जानकारी लिन खोज्दा विवरण नपाएको गुनासो उनले गरे ।

प्रतिपक्षीमा बसेर सरकारको विरोध गर्ने मात्रै नभई दु:खको अवस्थामा सरकारलाई सघाउने काम सबैको भएको धारणा उनले राखे ।

लामिछानले रास्वपाले गर्ने कामले तीनै तहको सरकारको सहयोगी भएर नागरिकको घर सडकमा जाने जिकिर गरेका छन् ।

उनले चाडपर्वका बेला नागरिकलाई कुनै किसिमको समस्या हुन नदिन नागरिकलाई महसुस हुने गरि पार्टीले काम गर्ने बताए ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : ३९ बजे

मूल्य बढी पाइने आशमा बोटमै जुनार

रामेछाप– मुलुक चुनावी माहोलले तातिएको छ । तर यहाँका किसानलाई

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्ने

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज