अबको साढे ३ वर्षमा द्रुतमार्ग सक्ने सेनाको प्रतिबद्धता, अहिलेसम्म ८ प्रतिशत प्रगति | Khabarhub Khabarhub

अबको साढे ३ वर्षमा द्रुतमार्ग सक्ने सेनाको प्रतिबद्धता, अहिलेसम्म ८ प्रतिशत प्रगति


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) अबको साढे तीन वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।

सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रुतमार्ग निर्माण सम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बमोजिम आयोजनाको लागत एक खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ । मूल्य अभिवृद्धि करसहित कूल लागत एक खर्ब ७५ अर्ब रहेको छ ।

अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)मा आयोजना निर्माण हुने सम्पूर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले केही उल्लेख गरेको छैन । निर्माणको समयमा आउने विविध र भैपरी खर्च नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

द्रुतमार्ग ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढसम्म ७२ दशमलब ५ किलोमिटर दूरी र ४ लेनको सडक निर्माण हुने छ । यो यसअघिको डीपीआरको भन्दा ३ दशमलब ७० किलोमिटर दूरी कम हो । पहाडी भू–भागमा २५ मिटर र समथरमा २७ मिटर चौडाइको सडक निर्माण हुने छ । यस मार्गमा बन्ने ८७ पुलमध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाईने छ । यो सडकमा ३ वटा सुरुङमार्ग बनाइने छ ।

महादेवडाँडामा ३ दशमलब ३५ किलोमिटर र छोक्रेमा १ दशमलब ६३ किलोमिटरको सुरुङमार्ग निर्माण हुने छ । त्यस्तै, लेनडाँडामा १ दशमलब ४ किलो मिटर सुरुङमाग बन्ने छ । यसअघि एसियाली विकास बैंकले छोक्रेडाँडा, ठिंगन र लेनडाँडामा एक दशमल ३७ किलोमिटरको सुरुङमार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङमार्ग निर्माण गरिने काठमाडौ–तराई द्रुतमार्ग आयोजना, प्रमुख एवं सहायक रथी शरदलाल श्रेष्ठले बताए ।

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ । खोकना क्षेत्र र महादेवटार लेनडाँडा क्षेत्र गरी दुई ठाउँमा रेखांकन परिर्वतन भएको हो । धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना क्षेत्रको सिकाली मन्दिर साथै कोदेश क्षेत्रलाई संरक्षण हुने गरी सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ । साथै महादेवटारदेखि लेनडाँडासम्मको खण्डमा एडिबीद्वारा प्रस्तावित सुरुङको विकल्पमा थप नयाँ सुरुङमार्गसहित रेखांकन परिर्वतन भएको आयोजना प्रमुख एवं सहायक रथी श्रेष्ठले जानकारी दिए ।

पछिल्लो अवस्थामा द्रुतमार्गको सम्पूर्ण कामको ८ प्रतिशत सम्पन्न भईसकेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयले पेश गरेको ५ महिनापछि यही भदौ १ गते मन्त्रिपरिषद् बैठकले द्रुतमार्ग निर्माणको डीपीआर स्वीकृत गरेको थियो । द्रुतमार्ग निर्माणको क्रममा एक लाख ५१ हजार रुख काटिने सम्भावना छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ३ : ५६ बजे

सगरमाथा संवादको उद्घाटन गर्दै प्रधानमन्त्री ओली : सोल्टी होटेलमा विशेष कार्यक्रम

काठमाडौं – शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’

‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सहयोग गर्छौं’

काठमाडौं– नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा

माझफाँट-लेकफाँट सडक कालोपत्र

म्याग्दी– जिल्लाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चे जोड्ने सडक योजनाको

जलजलाको आफ्नै भवनबाट कार्यालय सञ्चालन

म्याग्दी– सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले आफ्नै भवनबाट कार्यालय

पूर्वाधारको अभावले कोरला नाका सञ्चालनमा समस्या

कोरला– गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन