यातायात मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीको ह्वील लक ! « Khabarhub

यातायात मन्त्री महासेठको गाडीमा ट्राफिक प्रहरीको ह्वील लक !


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी तथा राजमार्ग क्षेत्रको सडक व्यवस्थापनसँगै यातायातसँग सम्बन्धित नियम कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हो ।

तर, सोही मन्त्रालयको नेतृत्व गर्ने मन्त्री रघुबीर महासेठ चढ्ने गाडी भने सवारी नियम उल्लंघन गरेको भन्दै कारबाहीमा परेको छ ।

सडकमा जथाभावी पार्किङ गरेर राखिएको मन्त्री महासेठको बा २ झ ४८६२ नम्बरको गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको हो ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा पार्किङ निषेध गरिएको सडक किनारामा पार्किङ गरेर राखिएको महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक लगाइदिएको हो ।

यद्यपि गाडी कारबाहीमा पर्ने क्रममा मन्त्री महासेठ भने त्यसमा सवार थिएनन् । मन्त्रालय स्रोतका अनुसार मन्त्रीलाई कुनै ठाउँमा छाडेर आउने क्रममा गाडीका चालकले सडकमा जथाभावी गाडी पार्क गरेका थिए ।

ट्राफिक प्रहरीले गाडीका चालकलाई १ हजार रुपैयाँ जरिवाना तिराएर गाडी चाडेको जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ३ : ३७ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय