बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ | Khabarhub Khabarhub

बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गोरखा– त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।

यही असोज १२ गते नदीमा आएको बाढीले ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार जोड्ने झोलुङे पुल बगाएपछि अहिले यस क्षेत्रका बासिन्दालाई दैनिक आवतजावतमा समस्या भएको हो ।

‘ठेउवाटारबाट अलि नजिकै रहेको अर्को झोलुङे पुलमा पनि बाढीले दुवैतर्फको लठ्ठा चुँडाएर क्षति पुर्‍याएको छ’, सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले भने, ‘क्षतिग्रस्त पुलबाट हिँडडुल गर्दा ज्यान जोखिममा राख्नुपर्ने बाध्यता यहाँका स्थानीयवासीको छ ।’ उनले क्षतिग्रस्त पुल तत्काल मर्मत नगरी नहुने अवस्थामा रहेको बताए ।

‘ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली नदी तरेर कुरिनटारसम्म पुग्नका लागि सहजै अर्को विकल्प छैन’, वडाध्यक्ष थापाले भने, ‘दिनहुँ आवतजावत गर्नुपर्ने ठाउँमा घण्टौँ लगाएर अर्को बाटो जानुभन्दा नजिकैको अर्को क्षतिग्रस्त पुलबाट जोखिम मोलेर अहिले स्थानीय आवतजावत गरिरहेका छन् ।’

झोलुङ्गे पुल बगाउँदा त्यहाँका करिब दुई सय ५० भन्दा बढी घरपरिवार समस्यामा परेको छन् । ‘हावाहुरी आइहाल्यो भने त लठ्ठा चुँडिएको पुल फर्किन पनि सक्छ’, उनले भने, ‘विद्यार्थीलाई विद्यालय तथा कलेजमा आवतजावत गर्न र किसानलाई आफूले उत्पादन गरेको दूध र तरकारी बजारसम्म पुर्‍याउन कठिनाइ हुँदै आएको छ ।’

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : १९ बजे

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो

मादल बिक्री नभएपछि व्यवसायी निराश

ढोरपाटन– पाँच वर्षअगाडिसम्म निसीखोलाका तुबहादुर परियारले मादल व्यवसायबाटै आफ्नो घरखर्च