‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा कमायो २ करोड २५ लाख « Khabarhub

‘बेहुली फ्रम मेघौली’ले तीन दिनमा कमायो २ करोड २५ लाख


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असोज १७ गते अर्थात् घटस्थापनाबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’को तीन दिनको कमाइ सार्वजनिक भएको छ ।

निर्माण पक्षको दाबी अनुसार फिल्मले सुरुवाती तीन दिनमा २ करोड २५ लाख ग्रस कलेक्सन भएको छ ।

वितरक अशोक शर्माका अनुसार फिल्मले पहिलो दिन बिहीबार ८० लाखको व्यापार गरेको थियो । दास्रो दिन शुक्रबार ५५ लाख र तेस्रो दिन शनिबार ९० लाख ग्रस कलेक्सन गरेको छ ।

सुरुवाती दिनदेखि नै फिल्मले दर्शकको राम्रो साथ पाएको छ । आइतबार पनि फिल्मको अकुपेन्सी उच्च रहेको छ ।

छोरीमा विवाहको दबाबको कथामा बनेको यस फिल्ममा नायिका स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका छ । फिल्मको निर्माण स्वस्तिमा र निश्चलले गरेका हुन् ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्मको लेखन-निर्देशन सजन काफ्ले र आकाश बरालले गरेका हुन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : २९ बजे

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित