मानव तस्करीका मुद्दा पहिचान नहुँदा समस्या ज्यूँका त्यूँ « Khabarhub

मानव तस्करीका मुद्दा पहिचान नहुँदा समस्या ज्यूँका त्यूँ


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विभिन्न बहानामा भइरहेका मानव तस्करीका मुद्दा पहिचान गर्न नसक्दा यो क्षेत्रको समस्या ज्यूँका त्यूँ रहेको सरोकारवालाको भनाइ छ ।

वैदेशिक रोजगारी, विवाह, बाल विवाह, धर्मपुत्रका नाममा मानव तस्करी हुने क्रम नरोकिएको उनीहरुले बताए । यसरी भइरहेका मानव तस्करीका मुद्दालाई सरकारले पहिचान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन नसक्दा समस्या जटिल बन्दै गएको उनीहरुको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोगले बुधबार राजधानीमा गरेको ‘मानव बेचबिखनका चुनौती’ विषयक कार्यक्रममा बोल्ने वक्ताले यस्तो धारणा राखेका हुन् ।

सरकारले मानव तस्करीका मुद्दामा गम्भीर भएर काम गर्न नसकेको आयोगकी सदस्य मोहना अन्सारीले आरोप लगाइन् । एक दशकदेखि नेपालबाट मानव तस्करी भइरहेको छ । मानव तस्करी नियन्त्रण गर्न सरकारले कानून बनाएपनि दोषीलाई कानूनी दायरामा ल्याई कारवाही गर्न नसकेको उनको भनाइ छ ।

यस्तै, पछिल्लो समय मानव तस्करीका मुद्दा पनि वैदेशिक रोजगारीसँग जोडिन थालेका कारण दोषीको पहिचान गर्र्न कठिन भइरहेको नेपाल प्रहरीका मानव बेचबिखन ब्युरोका एसएसपी ईश्वर बहादुर कार्कीले बताए । मानव तस्करी पीडितले पनि क्षतिपूर्ति पाउने आशमा मानव तस्करका मुद्दा वैदेशिक रोजगारसँग जोडेर उजुरी गर्ने थालेको उनको भनाइ छ ।

नेपालबाट रोजगारीका नाममा सोझासाझा महिला तस्करी र बिक्री भइरहेको प्रति सरकार गम्भीर भएर काम गर्नुपर्ने कार्यक्रमका वक्ताले सुझाव दिएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ४ : १६ बजे

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।