राष्ट्रपतिबाट दक्षिणकाली मन्दिरमा पूजाअर्चना « Khabarhub

राष्ट्रपतिबाट दक्षिणकाली मन्दिरमा पूजाअर्चना


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको अवसरमा आज बिहान दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्नुका साथै पूजारीबाट टीकाप्रसाद ग्रहण गरेका छन् ।

काठमाडौंको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ ।

सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको विवरण प्रस्तुत गर्दै पीडितलाई राहत तथा मन्दिर  क्षेत्रको पुनर्निर्माणमा सहयोगका लागि आग्रह गरे । साथै काठमाडौं–मकवानपुरको सडक छिटो पुनर्निर्माण गरी  निर्वाध यातायात सञ्चालन हुनुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले बाढी पहिरोले यस क्षेत्रमा भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै मन्दिर क्षेत्र र सडक निर्माण एवम् पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए ।

राष्ट्रपति पौडेल मन्दिर पुग्दा स्थानीय निकायका जनप्रतिनिधि, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सर्वसाधारणले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १२ : २५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

हुम्ला – कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरो

इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु

भक्तपुर – इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ४ गते आइतबार सन् २०२६