घाइते भारतीय चालकको मृत्यु, प्रसाईं समर्थकले ट्रकबाट निस्किन नदिई लगाएका थिए आगो « Khabarhub

घाइते भारतीय चालकको मृत्यु, प्रसाईं समर्थकले ट्रकबाट निस्किन नदिई लगाएका थिए आगो


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

झापा–बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा गत असोज ६ गते झापामा आगजनी गरिएको भारतीय ट्रकका चालकको मृत्यु भएको छ । 

बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक प्रसाईं समर्थकले भारतीय ट्रक चालकलाई बाहिर निस्किन नदिई असोज ६ गते डब्लु- बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।

बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तर्गतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको क्रममा भारतीय ट्रक जलाएका थिए । 

आगलागीबाट ट्रकको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागीबाट ट्रकका चालक भारत इस्लामपुर बस्ने ४० वर्षीय प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते भएका थिए ।

यस घटनामा संलग्न रहेको आरोपमा प्रसाईं नेतृत्वको नागरिक प्रतिरक्षा बलका झापा संयोजक भिम तुम्बापोसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

घाइते चालकको बीएण्डसी अस्पतालमा उपचार गरेर थपउपचारका लागि नर्थ बंगाल मेडिकल कलेजमा लगिएको थियो। उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो ।

चालकको मृत्यु भएपछि उनका आफन्तले आइतबार डेढ घण्टासम्म शवलाई नेपाल–भारत सिमानामा ल्याएर सडक अवरुद्ध गरेका थिए ।

घटनापछि भारतीय प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर शव नेपाल ल्याइएको छ । उक्त शव अहिले मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ । 

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १२ : ५९ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी