वैदेशिक रोजगारीका नाममा ४ लाख ठगी गर्ने एक जना पक्राउ « Khabarhub

वैदेशिक रोजगारीका नाममा ४ लाख ठगी गर्ने एक जना पक्राउ


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा तुर्किमिनिस्तान पठाइदिन्छु भन्दै ठगी गरेर फरार भएका एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

रामेछापको गंगा गाउँपालिका ३ का ३४ वर्षीय हर्कबहादुर तामाङलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

तामाङले भोजपुर पौवादुम्मा गाउँपालिका ६ का उमेशकुमार तामाङलाई तुर्किमिनिस्तानमा सुरक्षा गार्डमा पठाइदिने भन्दै ३ लाख ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

मासिक १ हजार २ सय डलर तलब, खान बस्नसमेत कम्पनीले नै दिने प्रलोभन देखाई नक्कली टिकटसमेत बनाएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले अन्य चार जनालाई पनि तीन लाख रुपैयाँका दरले ठगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ६ : ०१ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको