ललितपुरका बाढी प्रभावितलाई ‘छोरी’ संस्थाद्वारा प्याड वितरण  « Khabarhub

ललितपुरका बाढी प्रभावितलाई ‘छोरी’ संस्थाद्वारा प्याड वितरण 


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं महिला सशक्तिकरणको लागि काम गर्दै आएको ‘छोरी’ संस्थाले बाढी प्रभावितलाई प्याड वितरण गरेको छ । छोरीहरूका लागि ‘छोरी’ ले सोमबार ललितपुर महानगरपालिका वडा नम्बर २५ मा संस्थाले महिला तथा छोरीहरूलाई प्याड वितरण गरेको हो । 

साथै संस्थाले विपत व्यवस्थापनमा मनोसामाजिक अवस्था, रोग प्रतिरोधात्मक क्षमताको कसरी विकास गर्ने र सरसफाइ लगायतका विषयमा मनोपरामर्श पनि दिएका थिए । 

बाढी प्रभावितहरूले सरकारले कहिले राहत पठाउँछ भनेर पनि सोधिरहेका थिए । विपद्को समयमा प्याड आवश्यक भएपनि अन्य अत्यावश्यक कुराहरू नआएको गुनासो गरिरहेका भेटिए । 

दाङकी सोना चौधरीले भनिन्, ‘घरमा पुरुष पनि छन्, प्याड हामीले लगाउन भयो । खानेकुरा चाँहि खै ? उनले प्रतिप्रश्न गरिन्, ‘पत्रकारले राहत ल्याउनुभएको छैन ? 

युट्युबपत्रकार (केही) र पत्रकारिताबीच तालमेल नमिल्दा नागरिकमा सबै काम पत्रकारले नै गर्छ भन्ने सन्देश गएको देख्न सकिन्छ । राहत बोकेर नजानेलाई नागरिकले पत्रकार नै मान्न छोडेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  १२ : ५४ बजे

जनताको जीवनस्तर सुधार्ने किम जोङ उनको वाचा

प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको

गृहमन्त्रीसहितको टोलीद्वारा धरहरा क्षेत्रको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्याल र सहरी विकासमन्त्री कुमार इङ्नामले आज

बीलबिजकबिना अवैध सामग्री नबोक्न आग्रह

रसुवा– रसुवागढी नाका हुँदै आयात गरिने सामान अनिवार्य रूपमा भन्सार

विष्णु पौडेलको प्रतिबद्धता- निर्माणाधीन पूर्वाधारलाई तीव्रता दिने

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नं. २