बाढीपहिरोले अझै पाँच सडकखण्ड पूर्णरुपमा अवरुद्ध | Khabarhub Khabarhub

बाढीपहिरोले अझै पाँच सडकखण्ड पूर्णरुपमा अवरुद्ध


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बाढी पहिरोले अवरुद्ध भएका ५ सडक अहिलेसम्म पनि पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार मंगलबार साँझ ५ बजेसम्मको अपडेट अनुसार अहिलेसम्म पहिरोका कारण देशभरमा ५ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध छन् भने ८ सडक खण्ड एकतर्फी संचालन भइरहेका छन् ।

अवरुद्ध भएका सडकमा काभ्रे जिल्लामा विपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको चारसयबेसीमा सडक अवरुद्ध छ भने विपी राजमार्गकै रोशीको भ्याकुरेमा पनि सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

त्यस्तै रामेछापको अरनिको राजमार्ग अन्तर्गतको रामेछाप र सिन्धुली जोड्ने खुर्कोटमा सडक पूर्ण अवरुद्ध रहेको छ । त्यस्तै सिन्धुपाल्चोकको बार्हबिसे तातोपानी सडक खण्ड पनि भोटेकोशी-३ मा अवरुद्ध रहेको छ ।

त्यस्तै बझाङको जयपृथ्वी राजमार्ग अन्तर्गत छबिसपाथीभेरा-१ को बालुवाटारमा सडक पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ७ : २७ बजे

म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

बन्दीपुर– यहाँको म्याग्दे गाउँपालिकाले विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण

ट्रम्प इरानमाथी हमला गर्ने कि नगर्ने दोधारमा : न्यूयोर्क टाइम्स

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक केन्द्रमा अमेरिकी बमको

 ट्राफिक प्रहरी आफैँले साबेल समातेपछि (तस्बिरहरू)

काठमाडौं– उपत्यकाका विभिन्न स्थानमा अहिले नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार

दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास

घोराही– यहाँको घोराहीस्थित सेवार खोला किनारको खुला चौरमा जातीय पहिरनमा

एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै

म्याग्दी – यहाँको बेनी नगरपालिका-१ अर्जममा १५७ वर्ष पुरानो नहर