डर त्रास देखाई रकम मागेको आरोपमा पत्रकार अश्विन दानी « Khabarhub

डर त्रास देखाई रकम मागेको आरोपमा पत्रकार अश्विन दानी


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ का अध्यक्ष अश्विन दानी पक्राउ परेका छन् । 

आपराधिक लाभ लिने उद्देश्यसहित योजनाबद्ध तवरले डर त्रास देखाई रकम माग गरेको आरोपमा गोरखा नगरपालिका ३ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका १२ बस्ने दानीलाई प्रहरीले पक्राउ गरेको हो ।

पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीका प्रेस सल्लाहकार समेत रहेका उनलाई प्रहरीले काठमाडौं कपनबाट पीडितसँग लिएको रकमसहित असोज २२ गते पक्राउ गरेको थियो ।

उनीमाथि नुवाकोटका चन्द्रबहादुर तामाङले जाहेरी दिएका थिए । 

उन्मुक्तिले गत असार पहिलो साता दानीको संयोजकत्वमा ३१ सदस्यीय पत्रकार समाजको तदर्थ कमिटी गठन गरेको थियो ।

पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी कार्यालय महाराजगञ्जमा बसेको बैठकले दानीको नेतृत्वमा पत्रकारहरूको तदर्थ कमिटी गठन गरेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ७ : ५९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर