डर त्रास देखाई रकम मागेको आरोपमा पत्रकार अश्विन दानी « Khabarhub

डर त्रास देखाई रकम मागेको आरोपमा पत्रकार अश्विन दानी


२२ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ का अध्यक्ष अश्विन दानी पक्राउ परेका छन् । 

आपराधिक लाभ लिने उद्देश्यसहित योजनाबद्ध तवरले डर त्रास देखाई रकम माग गरेको आरोपमा गोरखा नगरपालिका ३ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका १२ बस्ने दानीलाई प्रहरीले पक्राउ गरेको हो ।

पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीका प्रेस सल्लाहकार समेत रहेका उनलाई प्रहरीले काठमाडौं कपनबाट पीडितसँग लिएको रकमसहित असोज २२ गते पक्राउ गरेको थियो ।

उनीमाथि नुवाकोटका चन्द्रबहादुर तामाङले जाहेरी दिएका थिए । 

उन्मुक्तिले गत असार पहिलो साता दानीको संयोजकत्वमा ३१ सदस्यीय पत्रकार समाजको तदर्थ कमिटी गठन गरेको थियो ।

पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी कार्यालय महाराजगञ्जमा बसेको बैठकले दानीको नेतृत्वमा पत्रकारहरूको तदर्थ कमिटी गठन गरेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ७ : ५९ बजे

सरकारलाई प्रश्न- सांसदले उठाएका जनताका प्रश्नको जवाफ कहिले दिने ?

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विषयमा

लगातार ७ दिन ओरालो लागेको नेप्से ४४ अंकले बढ्यो

काठमाडौं– कारोबारको दिन लगातार सात दिनसम्म ओरालो लागेको नेपाल स्टक

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनपछि बसेको

रास्वपा केन्द्रीय समिति बैठक : सचिवालय, पदाधिकारी र केन्द्रीय सदस्य तत्काल मनोनित नगर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नवनिर्वाचित केन्द्रीय समितिको

यात्रु अभावले पहाडी विमानस्थलमा नियमित उडान प्रभावित भयो : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले यात्रु