भारत सरकारद्वारा १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण | Khabarhub Khabarhub

भारत सरकारद्वारा १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’का सामान हस्तान्तरण


२४ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – भारत सरकारले बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्चालन गर्न १० वटा प्रिफ्याब्रिकेट स्टिल ब्रिजका सामान हस्तान्तरण गरेको छ । 

भारतीय दूतावासले बुधबार एक कार्यक्रमबीच महावाणिज्य दूतावास वीरगञ्जबाट बाढीपहिरोले अवरुद्ध सडक सञ्चालन गर्न रु ३८ करोड मूल्य बराबरको १० वटा प्रिफ्याब्रिकेट स्टिल ब्रिजका सामान पहिलो चरणमा प्रदान गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीनाले पर्साका प्रजिअ भुसाललाई स्टिल ब्रिजका सामान तथा उपकरण हस्तान्तरण गरेका हुन् । 

भारतीय दूतावासले नेपाल सरकारको अनुरोधमा सो स्टिल ब्रिजका उपकरण उपलब्ध गराएको विज्ञप्तिमार्फत जनाएको छ । ती सबै उपकरण अनुदानबापत् उपलब्ध गराइएको हो । दूतावासले आगामी दिनमा पनि प्रिफ्याब्रिकेट स्टिल ब्रिज उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । 

दूतावासले पछिल्ला दुई दिनमा २५ टन बराबरका औषधी, ‘लाइफ ज्याकेट’, ‘रबरबोट’, ‘स्लिपिङ ब्याग’ लगायतका सामग्री बाढीपहिरो प्रभावित क्षेत्रमा उपलब्ध गराएको जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहीबार  ४ : ५० बजे

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

गण्डकी– पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल