किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ | Khabarhub Khabarhub

किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

बैतडी  बैतडीमा एक किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन्। 

जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज एवं प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको हो। 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले प्रहरी हवल्दार जोशीलाई शुक्रबार नियन्त्रणमा लिएको बताएका छन्। 

किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप लगाउँदै स्थानीयले जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। 

जोशीलाई स्थानीयले भारततर्फ जान लागेको अवस्थामा नियन्त्रणमा लिएका थिए। 

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ५ : ५१ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं