प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ « Khabarhub

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सन्चालित मेची महाकाली राष्ट्रिय उद्वार यात्रा,२०८१ को आज शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा सो अभियानलाई प्रधानमन्त्री ओलीले शुभकामना दिँदै मानवता सर्वोच्च धर्म भएकोले यस प्रकारको यात्रामा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न तयार हुने प्रतिबद्धता व्यक्त गरे । उनले पहिला मानवता, त्यसपछि देश भन्ने भावनालाई बोक्न आग्रह गरे ।

प्रथम महिला राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गायिका आनी छोइङ डोल्मासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले यात्रामा सहभागीहरुलाई दसैंको टीका प्रदान गरेका थिए ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले यात्रा आरम्भ गरिएको जानकारी दिए। सो यात्रा आगामी कार्तिक २८ गतेसम्म संचालन हुनेछ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ७ : २५ बजे

बन्डी बिच गोलीकाण्डका आक्रमणकारी बाबु छोरा भएको खुल्यो

काठमाडौं – १५ जनाको मृत्यु हुनेगरी आइतबार सिड्नीको बन्डी बिचमा

सिटीको जितमा हालान्डको दुई गोल

काठमाडौं – इङ्लिस प्रिमियर लिग अन्तर्गतको आइतबार भएको खेलमा म्यानचेस्टर

रियलको जितमा एम्बाप्पे र रोड्रिगोको गोल

काठमाडौं – गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड

एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय