दुर्गा भवानीको प्रतिमा सेलाइँँदै « Khabarhub

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बाँके– घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदै छ । विजयादशमी सकिएसँगै यहाँका सहरबजार तथा ग्रामीण क्षेत्रमा स्थापना गरिएका दुर्गा मूर्तिलाई राप्ती नदी, मान खोला र कर्णाली नदीमा लगेर सेलाइने गरिन्छ ।

ट्रक, ट्याक्टरलगायत सवारीसाधनमा मूर्ति राखेर लावालस्करसहित बाजागाजा बजाएर नाँचगान गर्दै मूर्ति सेलाउने गरिएको दुर्गापूजा समिति फुल्टेक्राका अध्यक्ष चन्देश्वरराज त्रिपाठीले बताए ।

घटस्थापनाको दिनदेखि स्थापना गरिएका मूर्तिको नौ दिनसम्म विशेष पूजापाठ गरी विजयादशमीको भोलिपल्ट सेलाइने परम्परा रहेको पण्डित शिवप्रसाद पाठकले बताए । उनका अनुसार नौ दिनसम्म दुर्गा सप्तसतीको पाठ गर्ने गरिन्छ र नवमीका दिन विशेष पूर्णाहुती गरी पूजापाठ सकिन्छ ।

मूर्ति विसर्जन कार्यक्रमलाई सौहार्द, शान्तिपूर्ण बनाउन र सामाजिक सद्भावलाई ख्याल गर्दै विशेष सुरक्षा व्यवस्थापन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढाले आज बिहान १० बजेदेखि नै मूर्ति विर्सजन हुने रुटलगायत जिल्लाभरि सुरक्षा व्यवस्थापनका लागि एक हजार प्रहरी परिचालन गरिएको जानकारी दिए । उनले बाँकेमा करिब छ सय दुर्गा मूर्ति विसर्जन गरिने अनुमान रहेको बताए ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ८ : २९ बजे

एनपीएल फाइनल प्रवेशका लागि रोहित र दीपेन्द्र भिड्दै : कसको हाेला जित ?

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको

अटो दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा

बझाङ– बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना

मुस्ताङको ठिनी खोला पुल उद्घाटन

मुस्ताङ– जिल्लाको घरपझोङ गाउँपालिकाको पाँचै वडा जोड्ने चक्रपथ सडकअन्तर्गत ठिनी

बागमतीलाई योगमय प्रदेश घोषणा गर्छाैँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेशलाई योगमय

एनपीएल तेस्रो संकरण : विराटनगर, कर्णाली, जनकपुर र पोखराको प्रदर्शन कस्तो रह्यो ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको लिग चरणका