लोपउन्मुख मयूर नाच संरक्षणमा जुटे हल्चौरका युवा « Khabarhub

लोपउन्मुख मयूर नाच संरक्षणमा जुटे हल्चौरका युवा


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार –आधुनिक प्रविधिसँगै लोप हुँदै गएको मयूर नाचको संरक्षणमा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका युवा जुटेका छन् । दसैँ, तिहारजस्ता पर्वमा यहाँका युवाले उक्त नाच गाउँगाउँमा गएर प्रदर्शन गरी संरक्षण अभियान चलाएको स्थानीय विष्णु केसीले बताए ।

युवाले रकम जुटाएर मयूर नाचका लागि आवश्यक सामग्री खरिद गरी गाउँमा मयूर नाच नाचिरहेको उनले जानकारी दिए। पछिल्लो समय ‘स्पीकर’बाट गीत बजाएर नाच्ने चलन बढिरहेको समयमा मयूर तथा सिगारु नाचले गाउँमा रौनकता छाएको पञ्चभयार माध्यमिक विद्यालयका शिक्षक वीरबहादुर खत्रीले बताए। 

अघिल्लो पुस्ताले गाउने र नाच्ने यी पुराना संस्कार संरक्षण नहुँदा पछिल्लो समय लोप हुँदै गएको थियो । अहिले युवाहरू मिलेर संरक्षण अभियान सञ्चालन गरेकामा आफूलाई खुसी लागेको उनले बताए। 

सल्ल्यान, रुकुम पश्चिमको मग्मालगायतका ठाउँबाट सिकेर यहाँका युवाले मयूर नाच गाउँमा प्रदर्शन गरिरहेका छन् । स्थानीयवासी हरिबहादुर खत्रीले भने, ‘पहिला हाम्रो पालामा केटाकेटीको कुरा गीतबाटै हुन्थे, आजभोलिको जस्तो मोबाइल थिएन । मादल, कुरकुटी, झ्यालीको सहायताले नाच्ने र गाउने काम हुन्थ्यो’, उनले भने , ‘डोल्पाबाट बग्दै आयो कस्तुरीको विना ! वन वराउँछ बयार्लैले, मन वराउँछ किन रु गैरीखेत घाँस खाँदै आए डोल्पाली घोडा, हजुरको  मयूर नाचको बयानै सुनी आइगैँ बाबु, छोरा । यी टुक्काहरू सिगारु नाचका हुन् ।’

मयूर नाचसँगै सिगारु नाचका गीतले अहिले हल्चौरको गाउँमा छुट्टै रौनकता छाएको छ । मादल, नेवर, झ्याली, कुरकुटी, बाँसुरी र मयूरको प्याकको सहायताले मयूर नाच प्रदर्शन गरिन्छ । 

बाइसे, चौबिसे राज्य हुँदा खगेनकोटी राजाले आफ्नी श्रीमतीले दाइजोस्वरूप जुम्लाबाट ल्याएकी भान्से ब्राह्मणको बिहेरीपछि विर्तास्वरुप हल्चौरको माटो उपयुक्त मानी न्यौपाने थरका ब्राह्मणलाई  ठूलो चौरमा हलो जोतेर दिएका कारण हल्चौर नाम रहन गएको खगेनकोटी खत्रीहरूको वंश वृक्ष किताबमा उल्लेख छ । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ५ : २४ बजे

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले