मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार | Khabarhub Khabarhub

मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ ।

जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसतासी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो । 

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ ।

मानव सेवा आश्रमले सातै प्रदेशका १९ जिल्लामा २५ सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको अध्यक्ष अधिकारीले बताए।

‘यसअघिका मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा एक हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको थियो’, उनले भने। 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ६ : ३७ बजे

१२ उपसचिवको सरुवा (सूचसहित)

काठमाडौं – सरकारले १२ जना उपसचिवको सरुवा गरेको छ। बिहीबार

ओली सरकारमा जस्तो कमजोर सुशासन कहिल्यै थिएन : वर्षमान

रोल्पा- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले इतिहासमै अहिलेजत्तिको

आजका समाचार : प्रधानमन्त्री जम्बो टोलीसहित चीन जाने, मध्यरातदेखि उपनिर्वाचनको प्रचार बन्द, ४१ दिनपछि रवि काठमाडौंमा

 प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय टोलीसहित जाने प्रधानमन्त्री केपी

अर्थसंक्षेप : नेप्सेमा गिरावट, कारोबार ८ अर्ब बढी र ब्रोइलर कुखुराको भाउ बढ्यो

काठमाडौं– राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको भाउ एक

बूढीगण्डकीसहित तीन आयोजनाको एक खर्ब ४१ अर्ब लगानी स्वीकृत

काठमाडौं- लगानी बोर्डले गोरखास्थित बूढीगण्डकी जलासययुक्त जलविद्युत परियोजनासहित आयोजनाहरूको लगानी