रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र हस्तान्तरण गरेको भन्दै इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध « Khabarhub

रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र हस्तान्तरण गरेको भन्दै इरानमाथि युरोपेली आयोगको प्रतिबन्ध


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपेली आयोगले सोमबार युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारीहरू र एयरलाइन्ससहितका संस्थाहरूविरुद्ध प्रतिबन्ध लगाएको छ । 

युरोपेली आयोगका विदेशमन्त्रीले इरान एयर लगायत सात संस्थाहरू र उप–रक्षामन्त्री सैयद हम्जेह घलान्डारी र रिभोलुसनरी गार्ड्स कुद्स फोर्सका वरिष्ठ अधिकारीहरूसित सात जना व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ ।

प्रमुख युरोपेली शक्तिहरू बेलायत, फ्रान्स र जर्मनीले गत महिना रुसमा इरानी क्षेप्यास्त्र हस्तान्तरणलाई लिएर यस्तै प्रतिबन्ध जारी गरेका थिए ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्पूर्ण ब्लकले अपनाएको प्रतिबन्धलाई स्वागत गर्दै भने ‘युक्रेन विरुद्ध रुसको आक्रामक युद्धलाई इरानी शासनको समर्थन अस्वीकार्य छ र यो बन्द हुनुपर्छ ।’

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले प्रतिबन्धलाई ‘अन्यायपूर्ण र अन्तर्राष्ट्रिय कानुन विपरीत’ भन्दै अस्वीकार गरेका छन् । उनले रुसलगायत अन्य देशसँग रक्षा र सैन्य सहयोग गर्ने इरानको अपरिहार्य अधिकारलाई पनि जोड दिएको इरानको आधिकारिक समाचार एजेन्सी इरनाले जनाएको छ ।

इरानको कट्टर प्रतिद्वन्द्वी इजरायलले पनि आयोगको यस कदमको प्रशंसा गरेको छ । त्यसैगरी प्रतिबन्धले रकेट र मिसाइल प्रक्षेपण गर्न प्रयोग हुने प्रणोदक उत्पादनमा संलग्न दुई कम्पनीलाई पनि लक्षित गरेको छ ।  

इरानले भने युक्रेन विरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र हस्तान्तरण गरेको पश्चिमी आरोपलाई अस्वीकार गरेको छ । 

 

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  १ : १३ बजे

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले