कुवेतमा विदेशी महिला बेच्ने गोदाम ! « Khabarhub

कुवेतमा विदेशी महिला बेच्ने गोदाम !


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पछिल्लो समय अवैध बाटो भएर खाडीका देश नेपाली महिला रोजगारीका नाममा तस्करी हुने क्रम बढ्दो छ ।

खाडीका देश मात्र होइन भारत, बंगलादेश, श्रीलंका र चीन हुँदै नेपाली महिला अफ्रिका वा युरोपका केही देशहरुमा रोजगारीका नाममा तस्करी भइरहेको राष्ट्रिय मानव अधिकार आयोग औल्याउदै आएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिविआई)ले नेपाली महिला रोजगारीका नाममा भारत र बंगलादेश हुँदै तेस्रो देश दलालले रोजगारीका प्रलोभन देखाएर तस्करी गरिरहेको भन्दै अनुसन्धानको दायरा बढाउन सरकारसँग पटक–पटक माग गरिरहेको छ ।

खाडीका देशमध्ये सवैभन्दा धेरै नेपाली महिला रोजगारीका नाममा कुवेतमा तस्करी हुने गरेको पाइएको छ । कुवेतबाट उद्धार गरी स्वदेश फर्किएका महिलाहरुले आफु जस्ता धेरै महिला रोजगारीको बाहानामा दलालले कुवेत पुराएको वयान सम्बन्धित निकायलाई दिदै आएका छन् । तर, यो विषयमा सम्बन्धित निकाय मौन छ । नेपालबाट महिला कुवेत तस्कर गर्ने गिरोह सक्रिय रहेको अपराध अनुसन्धानमा जुटेको प्रहरीले जनाएको छ ।

दोलखाकी सविता घिमिरे (नाम परिवर्तन) रोजगारीका लागि १४ महिनाअघि कुवेत पुगेको थिइन । उनलाई नेपालबाट मुम्वाई हुँदै कुवेत एजेन्टमार्फत पुगेको सविताले बताइन । नेपालको नयाँ बानेश्वरमा सिलाइ बुनाईको काम गरिरहेकी सविता त्यही कामका लागि भनेर कुवेत गएको बताउँछिन् । ‘म नेपालबाट सिलाइ बुनाइका लागि भनेर कुवेत गएको थिए । मलाई सिराहाका एजेन्ट धर्म देवले भारत हुँदै कुवेत पठाएका थिए ।

देव भारतीय प्रहरीको फरार सूचीमा रहेका मानव तस्करी रहेछन् ।’ उनले भनिन, ‘कुवेतमा विदेशी महिला घरेलु काम लगेर बेचबिखन गर्ने गोदाम छ । घर नै भाडामा लिएर स्वदेशी र विदेशी तस्करी मिलेर घरेलु कामका लागि महिला कामदार जम्मा गर्छन् । इम्पोलिमेन्ट सप्लाइ भनेर अफिस नै चलाएका छन् । कुवेत सिटिको राष्ट्रिय चिडियाखाना र मुवाराकिया सपिङ सेन्टर आसपासमा यस्ता धेरै सप्लाइ केन्द्रका अफिस छन् ।’

मैले काम गर्ने घरको साहुले मलाई करिब २ लाख ५० हजार नेपाली रुपैयाँमा किनेको रहेछ । घर जान्छु भनेर साहुसँग भन्दा तँलाई पैसामा किनेको हो, भनेर जवाफ दिएको थियो’ उनले भनिन्

सविता कुवेतबाट फर्किएर आफुलाई झुकाएर तस्कर गर्ने एजेन्टका नाममा वैदेशिक रोजगार विभागमा उजुरी गर्ने आएको बताउँछिन् । कुवेतमा विदेशी महिला घरेलु कामका नाममा ठुलो रकम लिएर एजेन्टले बेचबिखन गर्छन ।

कुवेती १ देखि ३ हजार दिनारसम्म विदेशी महिला विक्री हुने गरेको उनले बताइन । ‘नेपालबाट एक जना महिला कुवेत सप्लाई कम्पनीमा पुराएवापत एजेन्टले ५० हजारसम्म लिने गरेको थाहा पाएको छु । मैले काम गर्ने घरको साहुले मलाई करिब २ लाख ५० हजार नेपाली रुपैयाँमा किनेको रहेछ । घर जान्छु भनेर साहुसँग भन्दा तँलाई पैसामा किनेको हो, भनेर जवाफ दिएको थियो ।’

यस्तै, सवितासँगै कुवेतबाट फर्किएकी सोलुखुम्बुकी जानुका राई (नाम परिवर्तन) पनि एजेन्टमार्फत रोजगारीका लागि त्यहाँ पुगेको बताइन । उनी काभ्रेका दिपेश नाम भएका एजेन्टको सम्पर्कमा बंगलादेश हुँदै कुवेत पुगेको थिइन ।

‘पहिलो पटक कुवेत पुग्दा नेपालमा चाँडपर्वका बेला भेला भए जस्तो धेरै महिला देखेको थिए । कुवेतमा धेरे नेपाली महिलालाई अन्य कामको प्रलोभन देखाएर एजेन्टले घरेलु कामका लागि पुराउँछन् ।

कुवेतमा त महिलालाई पसलमा समान किने जस्तो छानी–छानी बिक्री गरिन्छ,’ राईले भनिन्, ‘कुवेतमा विदेशी महिला बेच्ने गोदाम देख्दा छक्क परे । त्यहाँ विदेशी महिलामाथि चरम शोषण भइरहेको छ । पीडितले अन्याय सहेर फर्कन बाध्य हुन्छन् । घरेलु काममा महिलाको जीउ र पिंडुँला हेरेर लैजाने गरेको देखे ।’

महिला बेचबिखनका लागि चलाएका गोदाममा कुवेतका प्रहरीको संग्लनता हुँदो रहेछ । कुवेतका प्रहरी एसियन गर्ल भन्दै सप्लाइ केन्द्रमा धाउने गरेको देखेको राईको भनाई छ ।

कुवेतमा नेपाली महिला खुलेआम बेचखिबन भएको विषयमा कुवेतस्थित नेपाली राजदूतावास पनि राम्रो जानकारी रहेको राईले जानकारी दिइन । महिला बेचबिखन भएको विषयमा दूतावास जानकारी भएपनि वेवास्ता गर्ने गरेको राईको आरोप छ ।

जानुका र सविता नेपाल फर्किदाँ विमानमा भेटेपछि समस्या उस्तै भएका कारण न्याय खोज्न उनीहरु विभागमा सँगै आएको बताउँन् ।

जानुका र सविताले घरभित्र काम गरेर फर्किएको मात्र बताए । कस्तो काम भनेर खुलाउन चाहेनन् । उनीहरुका अनुसार कुवेतमा रोजगारीका लागि गएका नेपाल,भारत, श्रीलंका र बंगलादेशका महिलालाई प्राय घरेलु कामका लागि नै लगिन्छ ।

सरकारले २०७२ चैतदेखि घरेलु महिला कामदार खाडीका देश र मलेसिया जान प्रतिबन्द लगाएपछि भारत हुँदै नेपाली महिला ती देशमा तस्करी हुने गरेको छ ।

कुवेत हुँदै इराक र सिरिया

नेपालबाट युएई, ओमन, कुवेत साउदी बहराइनलगायतका विभिन्न शहरमा रोजगारीको प्रलोभन देखाएर दलालले महिलाको तस्करी गरिरहेका छन् । तर, यी देशमा भनेर लगिएका नेपाली महिलालाई द्वन्द्वग्रस्त देशमा घरेलु काममा पुराउन गरिएको उद्धार गरी स्वदेश फर्किएका पीडितले सम्बन्धीत निकायसँग बताउने गरेको छ ।

पछिल्लो समय तस्करले कुवेतको बाटो हुदै नेपाली महिला इराक र द्वन्द्वगस्त देश सिरिया दलालले पुराउने गरेका छन् । कुवेत दलालमार्फत पुगेका महिला प्राय इराकमा पनि सप्लाई हुने गरेको पाइएको छ । कुवेतसँग खुला सिमाना भएका कारण इराकका नागरिकले कुवेतबाट घरेलु महिला कामदार लैजाने गरेको पीडितले बताउँदै आएका छन् ।

नेपालमा मूलतः गरीबीका कारण मानव बेचविखन जस्ता जघन्य अपराधले जरो गाडदै आएको छ । विभिन्न अध्ययन तथा प्रतिवेदनहरुले मानव बेचबिखन बढ्दै गएको बताउँदै आएका छन् ।

नेपालका विभिन्न जिल्लाहरुबाट वार्षीक हजारौंको संख्यामा किशोरीहरु यौन शोषणको प्रयोजनका लागि सञ्चालित भारतका कोठीहरुमा बेचबिखन भइहेका छन् । पछिल्लो समय खाडीका देश र मलेसिया सरकारले रोजगारीमा जान बन्द गरेपनि ती देश महिलाको तस्करी बढिरहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  २ : ०१ बजे

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न