रवि लक्षित सूर्य थापाको टिप्पणी– नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप हुन्छ « Khabarhub

रवि लक्षित सूर्य थापाको टिप्पणी– नयाँ नाटक ‘प्रतिशोध’ सुपरफ्लप हुन्छ


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


777
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता तथा तत्कालीन सहकारी ठगीसम्बन्धी संसदीय छानिविन विशेष समितिका संयोजक सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विषयमा भएको विरोध प्रदर्शन र लामिछानेको अभिव्यक्तिप्रति टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाका सभापति लामिछानेप्रति संकेत गर्दै ‘क्लिन चिट र सफाइ’ फ्लप भएको उल्लेख गरेका छन् । उनले फेरि कलाविहीन नयाँ नाटक ‘प्रतिशोध’ मञ्चन भइरहेको र त्यो पनि सुपरफ्लप हुने दाबी गरेका छन् ।

उनले भनेका छन्, ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाबिहीन नयाँ नाटक मन्चन भइरहेछ– ‘प्रतिशोध !’ सुपरफ्लप हुने बाटो– प्रतिक्षा गरौँ ।’

थापा नेतृत्वको छानविन विशेष समितिले लामिछानेलाई विभिन्न सहकारीको रकम उनी हिस्सेदार रहेको गोर्खा नेटवर्कमार्फत खर्च गरेर अपचलन गरेको निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १० : १७ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा