‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली « Khabarhub

‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक पर्दैन : प्रधानमन्त्री ओली


३ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिका लागि ‘ट्रायल पास’ गरेपछि ‘लाइसेन्स कार्ड’ आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका छन् ।

सामाजिक सञ्जालमा आज उनले ‘पोष्ट’ गरेको सामग्रीमा नागरिक ‘एप’ मार्फत सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उल्लेख गरेका छन् । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था पनि सरकारले गरेको छ ।

‘यसले सवारी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ, कात्तिक ४ गते आइतबारदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रुपमा यो व्यवस्था सुरु हुनेछ’, सामाजिक सञ्जालबाट सार्वजनिक गरेको सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्।

नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी सरकारले गरेको छ । कुनै पनि कामका लागि लाममा बस्नुपर्ने समस्याबाट मुक्त गर्ने तयारीमा सरकार लागेको उनले बताए। नागरिकलाई छिटो सेवा प्रवाहमा यसबाट सहयोग पुग्ने आशा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  ६ : ४८ बजे

एमालेको महाधिवेशनमा प्रयोग हुनेछ ८० वटा भोटिङ मेसिन

काठमाडौँ- नेकपा एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय

काश्मीर आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतीय अधिकारीहरुको ठहर

नयाँदिल्ली – भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले सोमबार भारत प्रशासित

जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

चितवन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको