श्रममन्त्री भण्डारीका सय दिन, यस्ता छन् उपलब्धि | Khabarhub Khabarhub

श्रममन्त्री भण्डारीका सय दिन, यस्ता छन् उपलब्धि


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कार्यभार सम्हालेको सय दिन पुगेको छ । सय दिनलाई हनिमुन पिरियड मानिन्छ । यो अवधिमा मन्त्रीले  केही काम सम्पन्न गरेका छन् भने केही काम प्रक्रियामै रहेका छन् ।

उनले आफ्ना सय दिनको कामको समीक्षा गरेका छन् । उनी सबैभन्दा धेरै(१९) पटक मन्त्री बनेका हुन् ।

मन्त्री भण्डारीले आफ्नो पहिलो १०० दिनमा कार्यस्थलमा आधारित सुरक्षा बिमाको काम सम्पन्न गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका आयोजनामा खटिने श्रमिक र रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरू गरी ६५ हजार व्यक्तिको सामूहिक सुरक्षा बिमा गरी सामाजिक सुरक्षाको प्रत्याभूत गराएका छन् ।

तीमध्ये हालसम्म ६२ हजार २५९ जनाको सामूहिक सुरक्षा बिमा भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्शका लागि थप ३३ जिल्लामा आप्रवासी स्रोत केन्द्रको स्थापना गर्ने कार्य अघि बढेको छ ।

हाल ४४ वटा जिल्लमा सञ्चालित आप्रवासी स्रोत केन्द्र विस्तार भई ७७ वटै जिल्लामा स्थापना गर्न मन्त्रालयले थप ३३ जिल्लाका प्रक्रिया अगाडि बढाएको हो । त्यसबाट जिल्लास्तरबाट नै वैदेशिक रोजगार सम्बन्धी सूचना र परामर्श प्रदान हुने मन्त्रालयले जनाएको छ ।

मन्त्री भण्डारीले आफ्नो पहिलो १०० दिने कार्यकालमा मधेश प्रदेशमा निर्माण हुने व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको तालिम केन्द्र निर्माणलाईसमेत राखेका छन् । त्यसका लागि जग्गा प्राप्ति गर्ने कार्य अघि बढेको मन्त्री भण्डारीले जानकारी दिए ।

त्यस्तै, सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताहरूको थप सूचीकरण गर्ने कार्य समेत आफ्नो १०० दिने अवधिको उपलब्धिभित्र राखेका छन् ।

त्यो समयभित्र ३०० रोजगारदाता र एक लाख ५० हजार योगदानकर्ता थप सूचीकरण गर्ने लक्ष्य मन्त्री भण्डारीको थियो । तर, त्यो अवधिमा ४६६ रोजगारदाता थपिएका छन् । हालसम्म १९ हजार ६७६ रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

त्यस्तै, १०० दिने अवधिमा एक लाख ५० हजार योगदानकर्ता थप गर्ने लक्ष्य लिएकोमा एक लाख ९८ हजार ५६३ जना सूचीकरण भएका छन् । हाल सूचीकरण हुने योगदानकर्ताको संख्या १६ लाख ९० हजार १०३ पुगेको छ ।

तयसैगरी, उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र क्षेत्रीय विमानस्थल पोखराबाटै श्रम स्वीकृति प्रदान गर्ने कार्य अघि बढाएका थिए । श्रम स्वीकृति लगायतका कार्य गर्न सबै सरोकारवालाहरूसँग छलफल गरी प्रतिबद्धता प्राप्त भई सेवा प्रवाह गर्न तयारी पुरा गरिएको मन्त्री भण्डारीले बताए ।

त्यस्तै उनले १०० दिने उपलब्धिमा तीन देशसँग द्विपक्षीय श्रम सम्झौतालाईसमेत राखेका छन् । जसमा दक्षिण कोरिया (ईपीएस) र मलेसियासँगका द्विपक्षीय श्रम सम्झौताको नवीकरण र ओमानसँग द्विपक्षीय श्रम सम्झौताको प्रक्रिया अगाडि बढाएका छन् ।

कोरियासँग नवीकरणका लागि रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेर कार्यदलले काम गरिरहेको छ । एचआरडी कोरियासहितको सहभागितामा संयुक्त बैठक भई अन्तिम रूप दिन बाँकी छ ।

त्यस्तै, नेपालको तर्फबाट मलेसियासँगको श्रम सम्झौतालाई अन्तिम रूप दिई परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकार समक्ष पठाइएको र जवाफ प्राप्त हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ओमानसँगको द्विपक्षीय श्रम सम्झौताका लागि नेपालमा उच्चस्तरीय छलफल भई प्रारम्भिक सहमति भई ओमान पठाइएको र ओमान सरकारको तर्फबाट कानूनी प्रक्रिया पुरा गरी नेपालले पाएपछि नेपाल सरकार मन्त्रिपरिषद् पठाउने गरी अन्तिम तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई विना धितो ऋण उपलब्ध गराउने योजना समेत मन्त्री भण्डारीले अघि सारेका छन् । त्यसका लागि कार्यविधिको अन्तिम मस्यौदा तयार भएको र स्वीकृतिको चरणमा रहेको जनाइएको छ ।

सामाजिक सुरक्षा कोषमा रोजगारदाता र योगदानकर्ताहरूको थप सूचीकरण गर्ने भएको छ । त्यो समयभित्र ३०० रोजगारदाता र एक लाख ५० हजार योगदानकर्ता थप सूचीकरण गर्ने लक्ष्य मन्त्री भण्डारीको थियो । तर, त्यो अवधिमा ४६६ रोजगारदाता थपिएका छन् । हालसम्म १९ हजार ६७६ रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १ : ४८ बजे

हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार

जेरूसेलम – लेबनानी हिजबुल्लाह समूहले इजरायलविरूद्ध आइतबार दिनभरिमा १०० भन्दा

विवाहको ६ वर्षपछि बुवा बने प्रिन्स

काठमाडौं- विभिन्न टेलिभिजन कार्यक्रमबाट लोकप्रियता कमाएका भारतीय मोडल तथा कलाकार

हेटौँडा सिमेन्ट उद्योगले तिहारपछि सिमेन्ट उत्पादन गर्ने

बागमती – हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापन पक्षले तिहारपछि सिमेन्ट उत्पादन

कक्षा १२ को मौका परीक्षामा अङ्ग्रेजीमा धेरै अनुत्तीर्ण

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको कक्षा १२

राष्ट्रिय भलिबल टोलीका कप्तान श्रेष्ठद्वारा खेलबाट सन्यास

काठमाडौं – नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले राष्ट्रिय